आमाप्रति समर्पित एनसेलको भिडियाे

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले मातातीर्थ औँसीको अवसरमा आमाप्रति समर्पित भिडियाे सार्वजनिक गरेको छ । विभिन्न नेपाली पर्वहरुमा एनसेलले यससम्बन्धी सन्देशमूलक भिडिओ सार्वजनिक गर्दै आएको छ । सोही क्रममा आज आमाप्रति समर्पित भिडियाे सार्वजनिक गरिएको एनसेलले जनाएको छ ।

भिडियाेमा संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔं, सम्बन्ध सधैं विशेष बनाऔं भन्ने सन्देश रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया