काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले नेसनल अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मान गरिएको छ । सो अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको बताए । उनले कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समयसापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेसनल रत्नमा उत्साहजनक रूपमा अभिकर्ताहरू छनौट हुन सफल भएको बताए ।
प्रतिक्रिया