काठमाडौँ । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औँ बैठकको निर्णय अनुसार घिमिरेलाई ४ वर्षका लागि नियुक्त गरिएको हो । घिमिरेको इन्भेस्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पुँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआइसी एसिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेस्टमेन्टमा गरी १० वर्षभन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।
प्रतिक्रिया