‘टोफिचो टड्का इमली’ बजारमा

काठमाडौँ । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्रान्ड ट्रोफिचोअन्तर्गत नयाँ टफी ‘टड्का इमली’ बजारमा ल्याएको छ । ‘टेस्टको नयाँ ब्लेस्ट’को नारासहित यो चकलेट बजारमा सार्वजनिक गरिएको हो । टड्का इमलीमा इमलीको स्वादका साथै चाट मसलाको सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

टोफिचो टड्का इमली ५ रुपैयाँमा २ वटा किन्न पाइनेछ । यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुने कम्पनीको विश्वास छ । आँप र लिचीको स्वादमा यो चकलेट उपलब्ध हुँदै आएको छ । टोफिचोका विभिन्न उत्पादन टड्का कचा म्यांगो, चड्का लिची र इक्लायर पनि बजारमा उपलब्ध छन् ।

प्रतिक्रिया