मानव सेवा आश्रम विराटनगरलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विराटनगरस्थित मानव सेवा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले बेसहारा, असहाय, सडकआश्रित करिब १३० नागरिकलाई आश्रय दिइरहेको सो संस्थालाई दैनिक उपभोग्य खाद्यान्नसहित आवश्यक सामग्री उपलब्ध गराएको हो ।

बिहीबार आश्रममा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग सामग्री हस्तान्तरण गरे । बैंकले देशैभर १९० शाखा, १५३ एटीएम र ९८ शाखारहित बैंकिङ इकाइबाट १७ लाख ३८ हजार ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया