स्वाधीन बचत तथा ऋण सहकारीको १६औं साधारणसभा सम्पन्न

काठमाडौं । धुम्बाराहीस्थित स्वाधीन बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधरणसभा सम्पन्न भएको छ । साधरणसभा शनिबार सम्पन्न भएको हो । साधरणसभामा बोल्दै संस्थाका अध्यक्ष प्रदिपकुमार कार्कीले वर्तमान प्रतिकुल अवस्थामा पनि सेयर सदस्यले विश्वास गरेर काम गर्न सहज बनाइदिएकोमा सबै प्रति आभार व्यक्त गरे ।

कार्कीले अहिलेको अवस्थामा सबैको विश्वास जित्नु नै ठूलो कुरा भएको बताए । उनले आर्थिक अनुशासनमा बसेका आफूजस्तै वित्तियसंस्थामा ठूलो समस्या नभएको पनि बताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वराजदूत डा विष्णुहरी नेपालले १६ वर्षसम्म संस्थाले निरन्तर विश्वास जितेकोमा खुशी व्यक्त गरे । कार्यक्रममा संस्थाकी उपाध्यक्ष रिता कुईँकेलले स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै, साधारणसभाले कोषाध्यक्ष दानबहादुर बुढाथोकीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

प्रतिक्रिया