
काठमाडौँ । फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्यान्डले विश्वकप २०२६ को तेस्रो स्थान (कांस्य पदक) सुरक्षित गरेको छ । गोलको वर्षा भएको रोमाञ्चक खेलमा फ्रान्स पराजित भए पनि उसका स्टार स्ट्राइकर किलियन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
दुवै टोलीको लक्ष्य फाइनल पुग्ने भए तापनि सेमिफाइनलमा ब्यहोरेको हारपछि उनीहरू तेस्रो स्थानका लागि भिडेका हुन् । सेमिफाइनलमा फ्रान्स स्पेनसँग स्तब्ध भएको थियो भने इङ्गल्यान्ड अर्जेन्टिनासँग अन्तिम समयमा चुकेको थियो ।
प्रतिक्रिया