
काठमाडौँ । विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सकिएसँगै गोल्डेन बुट दौडमा फ्रान्सका कप्तान किलियन एमबाप्पे शीर्ष स्थानमा बलियो देखिएका छन् । इङ्गल्यान्डविरुद्धको रोमाञ्चक भिडन्तमा दुई गोल थप्दै एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या १० पुर्याएका हुन् ।
एमबाप्पे १० गोल र ४ असिस्टसहित विश्वकपको पहिलो स्थानमा छन् । उनले हरेक ७० मिनेटमा गोल गर्दै विपक्षी टोलीविरुद्ध कुल ४१ पटक प्रहार गरेका छन्, जसमा उनको सट एक्युरेसी ५६ प्रतिशत र गोल कन्भर्जन २४ प्रतिशत रहेको छ । त्यस्तै, अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा छन् ।
विश्वकप २०२६ का शीर्ष ५ गोलकर्ता
किलियन एमबाप्पे (फ्रान्स): १० गोल, ४ असिस्ट (८ खेल)
लियोनेल मेसी (अर्जेन्टिना): ८ गोल, ४ असिस्ट (७ खेल)
जुड बेलिङ्घम (इङ्गल्यान्ड): ७ गोल, १ असिस्ट (८ खेल)
अर्लिङ हालान्ड (नर्वे): ७ गोल, ० असिस्ट (५ खेल)
ओसमाने डेम्बेले (फ्रान्स): ६ गोल, २ असिस्ट (८ खेल)
ह्यारी केन (इङ्गल्यान्ड): ६ गोल, १ असिस्ट (७ खेल)
प्रतिक्रिया