गायिका मुन प्रसाईँको आवाजमा ‘जीवन यो हाम्रो’

काठमाडौं । गायिका मुन प्रसाईँ (जुनु) को एकल आवाजमा ‘जीवन यो हाम्रो’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा विष्णु इङनाम (लिम्बु) को शब्द रचना गरेका छन् भने बिशान मुकारुङको संगीत रहेको छ ।

त्यसैगरी गीतको भिडियोमा उजाड योङहाङ लिम्बुको निर्देशन, रुबेन गजमेरको परिकल्पना, सुनिल सुन्दाशको छायांकन र सम्पादन छ । रोशन धितालले रंग संयोजन गरेको गीतको निर्माता तारा लिम्बु सोदेम्बा हुन् ।

उक्त गीतको भिडियोमा गायिका मुन प्रसाईँ (जुनु) र कला शिवाको अभिनय रहेको छ भने रामबहादुर बमजन अतिथि कलाकारको रुपमा देखा परेका छन् । त्यसैगरी गीतको भिडियो तारा म्युजिक क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त गीतको शब्दमा जिवन यो हाम्रो दई दिने चोला घाम र छाँया हो, मरेर लैजानु के नै रैछ र बाच्ने त माया हो भन्ने कुरालाई सन्देश दिन खोजिएको शब्दकार विष्णु इङनाम (लिम्बु) ले बताए ।

माया नपाएर कसैले अकालमै ज्यान गुमाएका घटनाहरु सामाजिक सञ्जालमा आइरहेका र माया एक अर्काको विश्वास, भरोसा, सम्बन्ध, सामिप्यता अनि आत्मियताको परिपुक भएकाले सोही विषयलाई मध्यनजर गर्दै यस गीत र भिडियो ल्याएको उनले बताए ।

प्रतिक्रिया