उपनिर्वाचन : मतदान सम्पन्न, इलाममा ५७ प्रतिशत मत खस्याे

काठमाडाैं । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार भएको मतदानमा करिब ५७ प्रतिशत मत खसेको छ ।

बिहान ७ देखि बेलुकी ५ बजेसम्म भएको मतदानमा करिब ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम-२ मा १ लाख १५ हजार ८८९ कुल मतदातामा थिए ।

सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । इलाम-२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया