कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवन ल्होत्से हालमा आज बस्ने भनिएको उक्त बैठक पूर्वमन्त्री, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको हो । उनको यही वैशाख २५ गते निधन भएको हो ।

गुरुङको आज अन्त्येष्टि गरिने हुँदा बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ । स्थगित संसदीय दलको बैठक यही वैशाख २८ गते बिहान ८ः३० बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने तय भएको छ ।

प्रतिक्रिया