रिट दायर गर्न सर्वोच्च पुगे कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन् । राजनीतिक घटना क्रममा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आव्हान गरेपछि स्वतः कामचलाउ बनेका मुख्यमन्त्री कार्की बिहीबार रिट दायर गर्न सर्वोच्च पुगेका हुन् ।

बुधबार राति प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए । एउटा सरकार हुँदा हुँदै अर्को सरकार गठनका लागि आह्वान भएपछि सर्वोच्च पुगेको मुख्यमन्त्री कार्कीले बताए । ‘प्रदेश प्रमुखबाट घोर असंवैधानिक कदम चल्यो, मुख्यमन्त्री हटाएको पनि छैन, पदमुक्त भएको भनिएको छैन’, उनले भने, ‘दुई वटा प्यारालल सरकार बनाउन पाइन्छ त ? ।’

सरकार गठनका लागि आह्वान हुने पूर्वजानकारी पाएका मुख्यमन्त्री कार्कीले केही दिन अघिदेखि नै सर्वोच्च अदालत जाने तयारी गरेका थिए । उता कार्की सर्वोच्चमा हुँदै गर्दा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेश गरेका छन् ।

प्रतिक्रिया