स्वर्गीय जग्गा दाता अग्रवालको १३औँ पूण्य तिथिमा श्राद्ध सुमन कार्यक्रम

बारा कलैया । ब्रहमकुमारी राज योग सेवा केन्द्र बारा कलैयाका जग्गा दाता गोपाल अग्रवालको १३औँ दिनको पूण्य तिथिमा ब्रहम कुमारी राज योग सेवा केन्द्र कलैयाले श्राद्ध सुमन कार्यक्रम आज सम्पन्न भएको छ ।

ब्रहम कुमारी राजयोग सेवा केन्द्र कलैयाकी मुख्य सञ्चालिका मिना दिदिको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा अमृता अनाथालाय बाराका प्रमुख फुलमती बस्नेत, ज्येष्ठ नागरिक समाज बाराका प्रमुख लक्ष्मी चौधरी, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर प्रसाद यादव, नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय कलैयाका प्रधानाध्यापक सुकदेव यादव, ब्रहमकुमारी राजयोग सेवा केन्द्रका जितेन्द्र यादव, ब्राइट लैण्ड बोर्डिङ स्कुलका प्रमुख रामधारी प्रसाद यादव, समाजसेवी तथा पूर्व प्रधानाध्यापक देवेन्द्र गिरी, रामराजा मोहन बिक्रम साह, बहुमुखी क्याम्पस कलैयाका अध्यक्ष जंगबहादुर चौरसिया, संविधानसभा सदस्य बलबिर चौधरीलगायतकाले गोपाल अग्रवालले समाजलाई पुर्याएको योगदानको चर्चा गर्दै उनको पार्थीक शरिर नभए पनि आत्मा अमर रहेको र उनको खाँचो यो समाजले जहिले पनि औँल्याउने बताएका थिए ।

कार्यक्रमको सञ्चालन ब्रहम कुमारी राजयोग सेवा केन्द्र शुष्मा बहनले गरेकी थिइन् ।

प्रतिक्रिया