कोशी प्रदेशकाे मुख्यमन्त्रीमा हिक्मत कार्कीकाे दाबी

काठमाडौँ । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् । कार्कीले आफू्लाई मुख्यमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बिहीबार दाबी पेश गरिसकेका छन् ।

‘संविधानको धारा १६८ (५) बमोजिम कोशी प्रदेश सरकार गठन प्रयोजनका लागि कुल प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत सदस्यहरुको समर्थन रहेको दावीसहित सरकार गठन गर्ने सन्दर्भमा भएको आह्वान बमोजिम मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन गर्न बहुमत प्रदेश सभा सदस्यहरुको समर्थन रहेको हुँदा तोकिएको म्यादभित्रै झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य म हिक्मतकुमार कार्की कोशी प्रदेश सरकारको नेतृत्वका लागि दावी पेश गरेको छु’, कार्कीले खापुङसमक्ष बुझाएको पत्रमा उल्लेख छ ।

खापुङले बुधबार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया