कुरा बुझौँ, मुसुमुसु हाँसाैँ

‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’ भनेर केही दिनअघि नानीका बाले भने । नानीका बाले भनेको यो वाक्यको अर्थ के हो ? सबैले आआफ्नै अर्थ निकाल्लान्, मैले बुझेको अर्थचाहिँ यो हो, ‘भनेको मानिनस् भने तेरो छोराको हालत होला है’ भन्ने धम्की दिनेहरूलाई दिएको जवाफ हो त्यो । उनीमाथि केही भित्री दबाब अवश्य थियो, जसलाई मान्नुको सट्टा उनले क्याम्प फेर्ने चालबाजी खेले ।

यतिबेला जताततै ऋणको कुरो चलिरहेको छ । ऋण दिनेहरू ब्याज र साँवा नउठेर तनावमा छन् । ऋण लिनेहरू तिर्न चाहेर पनि पैसाको जोहो गर्न नसकेर तनावमा छन् । ऋण लिन चाहनेहरू ऋण नपत्याइदिएर तनावमा छन् । यी त व्यक्तिगत कुराहरू भए । त्यसबाहेक देश देशहरू पनि ऋणमा डुबिरहेका छन् । विकसित होस् वा अविकसित, धनी होस् वा गरिब, सबै देशहरू ठूलो ऋणको भारमा थिच्चिँदै गइरहेका छन् ।

नेपालको ऋण पनि बढिरहेकै होला । कति पुगेछ कुन्नि ? अलि वर्ष अघिसम्म ‘जन्मँदै १० हजार रुपैयाँ ऋण बोकेर जन्मिन्छौँ हामी’ भन्ने सुनेको हो । अचेल जन्मँदै एक लाख रुपैयाँ ऋण पुग्यो कि ? अमेरिका त ३४ ट्रिलियन डलर ऋणमा डुबिसक्यो । अमेरिकीले प्रतिब्यक्ति सालाखाला १ लाख २५ हजार डलर हाराहारी ऋण जन्मँदै बोकेको हुन्छ । नेपाली रुपैयाँमा करिब १ करोड ६५ लाख प्रतिव्यक्ति ऋण छ अमेरिकी जनताको ।

ठुलो ऋणमा डुबेका जनता अमेरिकी मात्र होइनन्, अरू शक्तिशाली र प्रभावशाली देशहरू सबैको हालत उस्तै छ । जस्तै, जन्मँदै ऋण बोक्नेमा जापानीहरू करिब ४० लाख रुपैयाँ, जर्मनहरू, ब्रिटिसहरू करिब ४७ लाख रुपैयाँ, फ्रेन्चहरू करिब ६२ लाख रुपैयाँ, क्यानेडेलीहरू करिब ८० लाख रुपैयाँ, अस्ट्रेलियनहरू करिब ५० लाख रुपैयाँ, चिनियाँहरू करिब १४ लाख रुपैयाँ, रुसीहरू करिब पाँच लाख रुपैयाँ, भारतीयहरू करिब चार लाख रुपैयाँ प्रतिव्यक्ति ऋणमा डुबेका छन् ।

चीन र भारतको प्रतिव्यक्ति ऋण कमजस्तो देखे पनि तिनको जनसंख्या भारी ठूलो हुनाले तिनको ऋण पनि भारी नै छ । सबै हिसाबले हेर्दा संसारमा हाल सबभन्दा सानो ऋणको भार बोकेको देश रुस मात्रै छ जस्तो देखिन्छ । संसारैभरी ऋण नै ऋणको यो चपेटा यस्तरी फैलिएको छ भने, त्यो ऋण ती देशहरूलाई दिन्छ कसले त ? यो प्रश्न धेरैले सोध्दैनन् । सोधे पनि चित्तबुझ्दो जवाफ आउँदैन ।

ऋण कसैले लिएको हुन्छ भने, कसैले दिएको पनि हुनुपर्ने हो । तर अमेरिका, जापान, क्यानडा, अस्ट्रेलिया, रुस, भारत, चीन, बेलायत, फ्रान्स, जर्मनीजस्ता देशहरूसमेत सबै चुर्लुम्म ऋणमा डुब्ने गरी तिनलाई ऋण दिनेहरूचाहिँ को हो ? कहाँ छन् ? कसमार्फत शासित छन् ? ती ऋण दिने भयंकर धनवानहरू संसारमा कसैले नचिन्ने गरी लुकिबसेका छन् । ऋण दिनका लागि तिनले गजबगजबका संरचनाहरू तयार पारेका छन् । ती संरचनाहरू कसरी चल्छन् भनेर कसैले बताउन सक्दैनन् ।

जस्तै अमेरिकाको उदाहरण लिउँ । अमेरिकालाई जति भन्यो त्यति ऋण दिन तयार भएर बसेको संस्थालाई फेडरल रिजर्भ भनिन्छ । यो अमेरिकी सरकार मातहतको संस्था होइन । यो निजी संस्था हो, जसले डलर छाप्छ । डलर छाप्न उसलाई कतै सुन जम्मा गर्नु पर्दैन, कसैको अनुमति लिनु पर्दैन, कतै उसको हिसाबकिताब रुजु गराउनु पर्दैन, जति मन लाग्यो उति छापेर भटाभट अमेरिकी सरकारलाई कागजी पैसा सप्लाई गर्न ऊ तम्तयार रहन्छ ।

त्यसो भए त्यो कागजी पैसाको कागजी ऋण मात्रै भयो । त्यो कुरा बुझेका केही मानिसहरू हाल प्रश्न उठाउन थालेका छन्, ‘यदि फेडरल रिजर्भले अमेरिकी सरकारलाई जति भन्यो त्यति पैसा छापेर दिन सक्ने रहेछ भने, अमेरिकी सरकारले किन जनतासित कर उठाउनुप¥यो ? जनतासित कर उठाएर जनतालाई दुःख दिएर पैसा उठाउनुभन्दा फेडरल रिजर्भलाई दनादन पैसा छाप्न लगाउँदै ऋण लिँदै चलाए हुने रहेछ । आखिर त्यो ऋण भनेको ऋण छ, ऋण छ भनेर भन्नको लागि मात्र न हो, तिर्नुपर्ने होइन के रे ? किनकी ऋण दिनेले पनि केही धितोसितो राखेर ऋण दिएको होइन, पैसा चाहियो भन्नेबित्तिकै लौ लेउ भन्दै कागजमा छापेर दनादन दिएको हो । कागजी खोस्टोलाई डलर भन्दै ऋण दिएको हो, त्यो तिरे पनि के नतिरे पनि के ? अमेरिकी ऋणको कुरो त तपाईंलाई थाहा भो, अब अरू देशको ऋणको के हालत हो, त्यो पत्तो लाउने जिम्मा तपाईंकै । कुरा बुझौँ, उल्लुबनाती चंगुल चिनेर मुसुमुसु हाँसौँ ।

‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ’ भनेर केही दिनअघि नानीका बाले भने । नानीका बाले भनेको यो वाक्यको अर्थ के हो ? सबैले आआफ्नै अर्थ निकाल्लान्, मैले बुझेको अर्थचाहिँ यो हो, ‘भनेको मानिनस् भने तेरो छोराको हालत होला है’ भन्ने धम्की दिनेहरूलाई दिएको जवाफ हो त्यो । उनीमाथि केही भित्री दबाब अवश्य थियो, जसलाई मान्नुको सट्टा उनले क्याम्प फेर्ने चालबाजी खेले । त्यसरी क्याम्प फेरेपछि उनलाइ धम्की प्रत्यक्ष वा परोक्ष रूपमा आउनु स्वभाविकै हो ।

जुन क्याम्प छाडेर उनी नयाँ क्याम्पतिर लहसिए, तिनले उनलाइ ‘सुरक्षा’ गरिदिने दह्रै विश्वास र भरोसा दिलाएको हुनुपर्छ । त्यसैको आडमा उनले हाक्काहाक्की भनिदिए, ‘तँ जे सक्छस् गर, मेरो बानी त यस्तै हो ।’ ‘पर्लक्क पर्लक्क पल्टिइरहन्छु नमरेसम्म’ भनिरहनु आवश्यक थिएन, किनकी सबैलाई थाहा छ नानीका बाको बानी । तै पनि किन उनी आफैँले भने । यसरी पर्लक्क पल्टिनासाथ दिनेहरूमाथि उनको विश्वास र भरोसाको त्यो सार्वजनिक ऐलानपछि अब हाललाई धम्की दिनेहरू ट्वाँ परिरहेका होलान् ।

तर जस्तै आडभरोसा दिए पनि पर्लक्क पर्लक्क पल्टिने मान्छेलाई विश्वास गर्ने त कुरै छैन । त्यसैले तिनीहरूले पनि जति सक्छ उति नानीका बाको हातबाट देशघात गराएर फाइदा लुट्ने नै हो । देख्नु भएन ? सबै अवसरवादीहरू अहिले ¥याल चुहाउँदै पछिपछि कुदेका ? सबको कट्टु खुस्कँदै छ, होइन त ? कुरा बुझौँ मुसुमुसु हाँसौँ ।

पूर्वज ज्ञानी ऋषिमुनिहरूले भन्ने गर्थे, ‘दान नै धर्म हो, त्यागमा सुख छ ।’ सतहमा हेर्दा पनि यो वाक्य गहिरो दर्शन बोकेको सन्देशजस्तै देखिन्छ । तर, त्यसो होइन । केही दशकभित्रै तपाईं हामी सबैलाई नांगेझार बनाई सर्वाहारा जीवनमा धकेल्ने, अनि सक्रिय जीवन छउञ्जेल दास झैँ घोटीघोटी काम लगाउने र ६०–६५ हाराहारी उमेरमा परलोक पु¥याउने एक ग्रान्ड शैतानी योजना सफल पार्ने हतियार हो त्यो ।

कसरी ? पहिला त विनास्वामित्वको स्रोतसाधनमा मस्ती मान्ने सोच विकास गराउनु छ । त्यसपछि स्वामित्वको सपना देख्नेहरूलाई अथाह अनिश्चितता र संघर्षमा हुल्नु छ । त्यसपछि स्वामित्व कायम राख्नेहरूलाई अथाह आर्थिक र मानसिक पीडाको खाडलमा खसाल्नु छ । त्यसपछि मानिसहरू धमाधम स्वामित्वको सपना आफैँ त्याग्नेछन् । अनी आफ्नो सपना आफैँ मारेर भाडाका साधनमा जिउन रम्न बानी बसाल्नेछन् । त्यसपछि स्वामित्व हस्तान्तरण मा जटीलता घोलेर स्रोत साधन सरकारीकरण गर्न बाटो खोल्नेछन् । र यसरी घुमाइफिराइ स्वामित्वहरू सबै सैतानको हातमा पु¥याउँदै लानेछ ।

करिब एक दर्जन चर्चित पत्रिकाहरूमा स्तम्भ नियमितजसो लेख्ने एक अमेरिकी लेखकले हालै प्रश्न उठाए, ‘मैंले तिरेको घरभाडाबाटै मेरो घरबेटीले त्यो घरको किस्ताबन्दी तिर्छ । त्यो मेरो पैसा भएकोले त्यो घरको मालिक म हुनुपर्ने । घरबेटी कसरी मालिक भयो ?’

यो प्रश्नले बहसको तरंग ल्याएको छ भने, संसारैभरी भाडा तिरेर बस्नेहरूलाई यो घरको ‘मालिक त म पो हुँ’ भन्ने भावना विकास गर्न ठूलो बल पु¥याएको छ । हेर्नुस् अबको दशकमा स्वामित्वको सवालमा लफडा हुनेवाला छ । स्वामित्व हुने र नहुनेबीच संघर्ष तीव्र हुनेछ । वास्तविक स्वामित्व कसको हो भन्ने प्रश्न पेचिलो हुनेछ । कुरा बुझौँ मुसुमुसु हाँसौँ ।

प्रतिक्रिया