विदेशमा महिला अधिकार छ भन्ने भ्रम

महिलाको मनोविज्ञानमा पनि परिवर्तन आवश्यक छ जुन मनोविज्ञानले आज शोषण, अत्याचार, पछौटेपनालाई निरन्तरता दिइरहेको छ । उदाहरणका लागि हेर्दा राजनीतिक दलहरूमा महिलालाई केबल नाम मात्रको पद दिइन्छ । सशक्त बनाउन समाजले चाहँदैन ।

अर्जुनमोहन भट्टराई

विदेशीहरू कुरा ठूला गरे पनि उनीहरूको कामभन्दा ढोंग बढी छ । विदेशीहरूमा पनि ‘ओम्यान क्यान नट बी द लिडर’ भन्ने सोच देखिन्छ । अमेरिकामा महिलाले मतदान गर्ने अधिकार धेरै पछि पाए । विदेशमा महिला अधिकार छ भन्ने भ्रम हामीले पालेर बसेका छौँ, त्यो गलत हो । तर, नेपालमा जस्तो नहोला तर भेदभाव पक्का छ ।

महिलाहरू नेतृत्वमा निर्णायक तहमा प्रशासनमा, सरकारमा न्यायालयमा पुगेमा महिलाको जीवन सुधार हुन्छ । हकअधिकार प्रत्याभूति हुन्छ भन्ने विषय पनि अनर्थ या भ्रम नै रह्यो यो सबै हामीले देखियो तथापि कुनै परिवर्तन, दूरगामी नीति निर्माण केही हुन सकेन यो दुर्भाग्य नै हो । आफू उच्च पदमा पुग्दा महिलाको लागि बिल्कुल कलम नचोप्ने पदबाट बाहिरिएपछि अनेक भाँती आदर्शका कुरा गर्ने वरिष्ठ महिला धेरै छन् ।

‘महिलाहरूमा पुरुषजस्तो बन्छु’ भन्ने भावना अर्को कमजोरी र गलत सोच हो । महिला महिलाजस्तो बन्नुमा नै गौरव मान्नुपर्छ । महिलामा हुने सहनशीलता, माया, प्रेम र वात्सल्य पुरुषमा कदापि छैन । अमेरिकी गायक इगि पप उर्फ जेम्स नोवेलको अभिव्यक्ति कटु सत्य हो । उनी भन्छन् ‘मलाई महिलाजस्तो लुगा लगाउन लाज लाग्दैन, किनकी मलाई महिला हुनु लाजको कुरा हो जस्तो लाग्दैन ।’ विगत तथा वर्तमानमा महिला उच्च पद न्यायपालिका व्यवस्थापिकामा रहँदा पनि महिलाको क्षेत्रमा तिलको गेडा जति पनि देखिने झल्किने खालको पहलकदमी परिवर्तन हुन सकेन, केवल पुरुषको पछाडि लाग्ने हैसियतमा मात्र सीमित छ ।

महिलाको मनोविज्ञानमा पनि परिवर्तन आवश्यक छ जुन मनोविज्ञानले आज शोषण, अत्याचार, पछौटेपनालाई निरन्तरता दिइरहेको छ । उदाहरणका लागि हेर्दा राजनीतिक दलहरूमा महिलालाई केबल नाम मात्रको पद दिइन्छ । सशक्त बनाउन समाजले चाहँदैन । सँगसँगै सशक्त बन्न महिलाहरू पनि चाहँदैनन् । काम जिम्मेवारी दिँदा पनि सम्हाल्न हिच्किचाउने वातावरण र परिस्थिति छ ।

आज पनि महिलाको सोच शृंगार, कोमल, सुन्दरता, घरेलु व्यवहार, चुलो चौको, घर, भान्सा, पानी र लत्ताकपडामा अल्झिएको छ । यसमा पुरुषको त दोष छ नै, महिला आफू पनि दोषी छन् । राज्य त निकृष्ठ नै भयो । एक महिला अधिकारकर्मीले भनेअनुसार समाजले बलत्कारीलाई दोष नदिने, कलंकित नमान्ने, निर्वाध खुल्ला हिँडन सहज हुने तर त्यही बलात्कारीबाट बलात्कृत महिलालाई घरबाट निस्कन नहुने हाम्रो समाजको दोषी सोच बदल्नुपर्छ । केही अधिकारकर्मीहरू महिला अधिकारका नाममा पुरुषप्रति आक्रामक देखिनुहुन्छ तर उहाँको सोचमा परिवर्तन जरुरी छ । ऐन कानुन, संरचना, परम्पराको पनि भूमिका छ । जहाँ पुरुष पीडक जस्तो देखिन्छ तर यो हामी सबैले भुल्नु हुँदैन कि समाजमा पीडित भनिएका भइरहेका महिलाहरूको एक अंश हरेक घर परिवारमा आमा, श्रीमती, दिदी, बहिनीको भूमिकामा छन् । परिवारका पुरुषले आममहिलालाई नहेरे पनि एकपटक आफ्नै परिबारका आमा, दिदीबहिनी, श्रीमतीलाई संझे मात्र पनि अपराध कम हुन्छ ।

हामी केबल महिला हिंसाको कुरा गर्छांै तर पुरुष हिंसा पनि समाजमा छन् तर प्रतिशतमा कम होला, यो समस्या छ नै । यो पाटो पनि सोच्न जरुरी छ । महिला मात्र अबला, निर्दोष, कमजोर हुन्छ पुरुष सधैँ कठोर, बलवान र दोषी हुन्छ भन्ने सोचमा पनि पुनरावलोकन गर्न आवश्यक छ । महिलाको भूमिकामा परिवर्तन आए जसै पुरुषहरूमा पनि महिलाबाट पीडित हुने क्रम बढ्दो छ ।
समाधान के त ?
समाधानमा राज्य, परिवार, दल एवं महिला स्वयंलाई जिम्मेवार बनाउनुपर्छ । जसरी तिर्खा लागेमा पानी पिउन हामी स्वयं नै कुवा धारासम्म पुग्नुपर्छ कुवा धारा हाम्रो समिपका आउँदैन त्यसरी नै महिला जागरुक अग्रसर हुनुपर्छ । निडर र निर्भीक भएर अगाडि आउनुपर्छ । सरकार तथा राज्यले विद्यमान ऐन र कानुन अक्षरशः लागू गर्नुपर्छ दण्ड सजायमा कडाइ गर्नुपर्छ ।

राज्य सञ्चालक दलहरू नै भएकाले दल स्वयंबाट महिलालाई नेतृत्व दिएर उदाहरण बनेर महिला सशक्तीकरणको सुरुआत गर्नुपर्छ । सरकारबाट बस्तुनिष्ठ भएर परिवारले प्रथमतः छोरीहरूलाई शिक्षा अनिवार्य गर्नुपर्छ । सम्पत्तीको अधिकारसमेत दिनुपर्छ । हरेक नीतिनिर्माण कार्यान्वयन तहमा राज्य सञ्चालनमा दलको भूमिका नै अहं हुने परिपाटीमा दल नै सर्वप्रथम महिला सशक्तीकरणमा लाग्नुपर्छ घरपरिवारमा छोरीलाई प्राथमिकतामा राख्नुपर्छ । परिवारमा चेतना जगाउनुपर्छ ।

सबै कुराको चुरो शिक्षामा छ । त्यसैले शासकहरू जनता शिक्षित हुन्, मतदानमा विवेक प्रयोग गरुन् भन्ने चाहान्नन् । बालबालिकाहरूको घर नै पहिलो विद्यालय हो भन्ने मान्यतालाई आत्मसात गर्दा ‘एउटा महिला शिक्षित हुनु भनेको बच्चा, घरपरिवार शिक्षित हुनु हो’ हामी सबैले यो यथार्थ मनन गर्नुपर्छ । राजनीतिक तहमा रहेका महिलाहरू पुरुषको पिच्छलग्गु होइन कि स्वयं नेतृत्वको लागि तम्तयार हुनुपर्छ । नेतृत्वले दिएको पद लिने होइन कि आफू चुनाव भिडन तयार हुनुपर्छ । देशका महत्वपूर्ण पार्टीहरू राजनीति र अर्थ क्षेत्रमा महिला नै अगाडि आउनुपर्छ । केही समयको लागि राज्यले महिला सहभागिताका लागि विशिष्ट आरक्षण राख्नुपर्छ । आधा आकाश ओगटेका महिलाहरूको विशिष्ट आरक्षण दिएमा केही सुधार हुन सक्छ ।
बिकासे अधिकारवादी समाजका अगुवा राजनीतिमा लागेका महिला नै महिला अधिकारका बाधक भएका छन् । डलर, युरो र पाउन्डका पछाडि लागेर समाजमा रहेको मूल्य मान्यता भत्काएर विदेशी तौरतरिका, व्यवहार, खानपान, पहिरन अपनाएर समाजमा सदभाव भत्काई क्रान्तिकारी बन्ने होड चलेको छ । जसमा महिलालाई अगाडि सारेर आफ्नो स्वार्थ, संस्था, पहिचान, वाद, प्रभुत्वको लागि कुटिल चालसमेत भइरहेको छ ।

मूलधारका दलहरूमा महिलाहरू त्याग, तपस्या, बलिदान, भएर पनि नेतृत्वमा नआउनु पद जोगाउन अधिकार हकका लागि आवाज नउठाउनु त्यसको ज्वलन्त उदाहरण हो । हाम्रो समाजमा मैले यति जना केटी हेरँे, मैले त्यो केटीलाई दुव्र्यवहार गरेँ भनेर घमण्ड गर्ने जमात पनि कम छैन । छोरी, नारी, महिला, जनाना, औरत भनेर हेप्ने समाज छ । तराई, पहाड र हिमाल सबैतिर महिलालाई हेर्ने सोच गलत छ । आज पनि महिलाहरू त्यो सोचको विद्रोह गर्न सक्दैनन ।

नारी उत्थानका लागि शिक्षा अनिवार्य सर्त हो साथै नेतृत्व तहमा पुगेका महिलाहरूबाट बाँकी महिलाहरूको बारेमा सोच्नु, कदम चाल्नु अहं पक्ष जुन भइरहेको छैन । साथै घरपरिवारबाट महिलालाई उत्थानका लागि अवसरमा सहभागी गराउने, अभिभावकबाट महिलालाई ढाडस दिनु आवश्यक छ । परिवार, घर, श्रीमान, दाजुभाई, बुबा, आमाबाट नै महिला उपेक्षित छन् भने अन्य समाज, टोल, छिमेक, राष्ट्रबाट कसरी संरक्षित हुन्छन् ।

अड्डा अदालतमा उत्पीडन, दुव्र्यवहार, बलात्कारका मुद्दामा पीडित महिलाले वयान फेर्ने प्रायः देखिन्छ । पीडकले उन्मुक्ति पाउँछन् यसमा कानुन नै परिवर्तन गर्न आवश्यक छ तब महिलाले न्याय पाउँछन् । हाम्रो कानुन नै पितृसत्तात्मक छ देवानी र फौजदारी संहितामा नै परिवर्तन गर्नुपर्छ ।
महिलालाई उद्यम, रोजगारी, व्यवसायको सिर्जना, निर्माण, संलग्नतामा अधिकतम आरक्षण हुनुपर्छ । हामी मध्ये धेरैले महिला पुरुष समान भनेर आरक्षणको विरोध गर्छांै हामी यो विषय बुझ्न टाढा जानु जरुरी छैन केबल आफ्ना दुई सन्तान छोराछोरीसँगै राखेर सोचे पुग्छ । एउटा महिलाले आरक्षण पाउँदा ऊसँग जोडिएका बच्चा, घर, परिवार सबैले राहत पाउँछन् । एक महिला सबल बन्दा सिंगो परिवार सबल मजबुत हुन्छ । पुरुषमा पनि त्यो हुन्छ तथापि कम हुन्छ अनुपातिक रूपमा । महिला हिंसामा पुरुष पीडक भए पनि कतिपय अवस्थामा महिला स्वयं नै मतियार र सहयोगी बनेको अवस्था पनि छ तसर्थ महिला स्वयं पनि आफ्नो भूमिकामा जागरुक बन्नैपर्छ ।

कतिपय अदालती, कानुनी समस्या, झगडा, मुद्दाहरूमा एकघर परिवारकै महिला सदस्य अर्को महिला सदस्यको पीडकको रूपमा रहेको अवस्था देखिन्छ । पुरुषलाई भड्काउनु उक्साउनु, हौस्याउनु, उदण्ड बनाउनु, अपराधप्रति अगाडि बढाउन महिलाले नै कहीँ न कहीँ म पनि महिला हँु भन्ने भुलेर बिर्सेर, जानेर, नजानेर, अज्ञानता, भुल, त्रुटिवश महिलालाई पीडित बनाउन भूमिका खेलेको लाखौँ उदाहरण छन् जसलाई ‘आइरन कट आइरन’ पनि भनिन्छ ।

महिला उत्थानको लागि दिन विशेष पर्व सप्ताहलाई मात्र नसोची पूरा वर्षभरि नै समाजमा सुधार चेतना ल्याउनका लागि राज्यबाट पहलकदमी गर्नुपर्छ । साथै सरकारले स्थानीयतहमा नै कार्यक्रम सञ्चालन गर्नुपर्छ साथै कानुन समयानुकूल बनाउनुपर्छ । महिला सचेतना, हिंसा कम गर्ने, महिला सशक्तीकरण, महिला जागरण, महिला उत्थान सबैमा पुरुषको अथक प्रयास हुनुपर्छ महिला प्रथम पक्ष त स्वयं जागरुक हुनैपर्छ । साथै सरकारले महिला सहभागिता बढाउन हरेक अवसरहरूमा महिलालाई अनिवार्य प्रतिनिधित्व गराउनुपर्छ ।

‘महिलामा लगानी, समृद्धिमा तीव्रता’ भन्ने नाराका साथ यो वर्षको अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । नेपालको सन्दर्भमा महिलाको शिक्षामा लगानी नै उपयुक्त हुन सक्छ यावत कुराहरू अशिक्षाले भएका छन् चाहे अपराध होस् या बेचबिखन या बलात्कार सबैमा अशिक्षाको भूमिका छ ।
‘छोरीलाई दाइजो दिने पैसाले पढाइदियो भने बिहेमा दाइजो पनि चाहिन्न आफ्नो खुट्टामा आफैँ उभिन सक्छन् राम्रो श्रीमान पाउँछन् घरपरिवारमा सुख शान्ति मिल्छ’ भन्दै हुनुहुन्थ्यो एकजना बुढीआमा । नेपालमा अधिकांश परिवारमा बिहेको कुरा चल्यो कि कतिको खर्च गर्छन् केटी मात्र भएर हँुदैन इज्जत राख्नु सक्नुपर्छ भन्ने चलन छ इज्जत भन्नाले यहाँ दाइजोपात भन्ने बुझिन्छ । तराईमा तिलक भनिन्छ । महिला हिंसाको मूल कारण दाइजो र तिलक हो ।

सरकारले विद्यालय शिक्षा निःशुल्क गरेको छ । तर किताब, भर्ना, झोला, पुस्तक, कापी, कलम, ड्रेस आदिले गर्दा गरिब परिवारले स्कुल पठाउन सक्दैनन् । अझै छोरीलाई झनै गाह्रो छ । सरकार चलाउनेहरू जो कोही पनि पार्टी भए पनि मिठा र सतही कुरा गर्छन् । घर परिवारदेखि टाढा, स्कुल, घाँस दाउरा, वन, पाखा, खेत, बारी जाँदा पनि बलात्कारको डर छ । अर्कोतर्फ खुल्ला सञ्चारले विदेशी नक्कलबाट बच्चा छोराछोरी बिग्रने र भड्किने बढी डर छ । ‘संगते जायते फलम’ भन्छ उनीहरू पनि साथी संगीसित सिक्छन् कुलततर्फ लाग्छन् ।

निकर्षमा, नारी उत्थानका लागि स्वयं नारी जाग्नुपर्छ त्यसका लागि नारी पढेलेखेका हुनप¥यो । नारीलाई आर्थिक अधिकार दिनुप¥यो केवल भान्सा सौन्दर्यका गहना भन्ने सोच घरपरिवार र समाजबाट हट्नुप¥यो । यसका लागि परिवारमा पनि शिक्षामा लगानीगर्दा छोराछोरी बराबर सोच्नुप¥यो । केही समय कुनै रोजगारी क्षेत्रमा महिलालाई विशेष सिट राखेमा पनि आर्थिक उत्थान गर्न सकिन्छ । आर्थिक सवलताबिना महिला अगाडि आउन सक्दैनन् । सचेत महिला मात्र होइन आर्थिक सवल महिला आजको आवश्यकता हो ।

प्रतिक्रिया