इलाममा कांग्रेसका खड्कालाई पछि पार्दै एमालेका सुहाङले बढाए अग्रता, मतान्तर ३४५ को फरक

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनअन्तर्गत नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई पछि पार्दै अग्रता बढाएका छन् । यसअघि कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता कायम राखिरहेका थिए ।

हालको मत परिणामा अनुसार उनीहरूबीच ३४५ को फरकमा मतान्तर रहेको छ । अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना भइरहेको छ । जसमध्ये वडा नम्बर १, २ र ३ को गणना हुँदा डम्बरले अग्रता लिएका थिए ।

तर, वडा नम्बर ४ मा भने सुहाङ ठूलो मतान्तरसहित अघि बढेका हुुन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङले यो वडामा ९१२ मत ल्याएका छन् भने खड्काले ५३९ मत ल्याएका छन् । अहिलेसम्मको मतपरिणाम अनुसार सुहाङको कुल मत २५४२ पुगेको छ भने डम्बरको २१९७ पुगेको छ ।

प्रतिक्रिया