इलाममा कांग्रेसका खड्का अघिअघि, पछिपछि एमालेका सुहाङ, चाैथाेमा रास्वपाका मिलन

इलाम । इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३ को अहिले सम्मको मतगणना सकिएको छ ।

उक्त मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार ६५८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३० मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ४३० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बुले ३०८ मत प्राप्त गरेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया