बझाङमा एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस र माओवादी

बझाङ । बझाङ– १ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका–९ को मतगणना सम्पन्न भएको छ । प्राप्त मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारको अग्रता कायमै छ ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले एक हजार तीन सय ७३, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक हजार २८९ मत प्राप्त गरेका छन् ।

त्यसैगरि नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले आठ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको ३४ मत प्राप्त गर्नुभएको मूख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया