एकजना मानिस हरेक दिन बिहान मन्दिर हुँदै घर फर्किन्छ र उसले सोच्दछ कि, म धर्मको द्वार भीत्र पुगेर फर्किएको हु । मन्दिर पुग्नु सँग धर्मको कुनै सम्बन्ध छैन । मन्दिर सम्म पुग्नु बिलकुल एउटा भौतिक घटना हो, शारीरिक घटना हो । धर्म सम्म पुग्नु एउटा आत्मिक घटना हो । मन्दिर सम्म पुग्नु एउटा भौतिक यात्रा मात्र हो । मन्दिर सम्म पुग्दैमा त्यो आध्यात्मिक यात्रा होइन । सत्य त यहि हो कि, जसको आध्यात्मिक यात्रा शुरू हुने गर्दछ, उसलाई सारा पृथ्वी मन्दिर देखिन थाल्दछ ।
मन्दिर जानु र धर्म सम्म पुग्नुको कुनै सम्बन्ध छैन । मन्दिर जानु बिल्कुल एउटा भौतिक घटना हो, शारीरिक घटना हो । धर्म सम्म पुग्नु एउटा आत्मिक घटना हो ।
भारत यही अर्थमा धार्मिक छ, जुन अर्थमा त्यो नगर धार्मिक थियो । किनकी, त्यो नगरमा मन्दिरहरु थिए, यसैले त्यो धार्मिक थियो। यस्तै भारतमा पनि धेरै भन्दा धेरै मन्दिर छन, मस्जिद छन, गुरुद्वारा छन र यहि अर्थमा भारत धार्मिक छ । त्यो नगरका मानिसहरु चर्च पुग्छन, यसैले धार्मिक थिए । भारतका मानिसहरु पनि धार्मीक छन, उनिहरु पनि मन्दिर जान्छन । होईन, तिनीहरु मन्दिर जान बाट बच्ने कोशिश गर्दथे । भारत यहि अर्थमा धार्मिक हो कि हरेक मानिस धर्म बाट बच्ने चेष्टा गरि रहेका छन ।
यद्यपी, त्यो नगरका मानिस अलिकति भए पनि इमान्दार थिए होलान । उनिहरु मन्दिर जादैन थिए, यहि मानेका थिए कि हामी जादैनौ । उनिहरुले मानेका थिए कि, मन्दिर पुरानो छ र त्यसको मुन्तिर ज्यान गुमाउन पर्ने पनि हुन्छ । छत ढल्न सक्छ, जीवन कहाँ पाइन्छ, गुमाउन हुदैन । तर, भारतमा यति पनि ईमानदार छैनन कि, जसले यस्तो मानोस कि, धर्म पुरानो भै सकेको छ, यसवाट ज्यान गुमाउन पर्ने हुन्छ, तर जीवन पाउन सकिने छैन ।
हामी थोरै बढि बेईमान हौ । हामीले धर्म सँगको सारा सम्बन्ध पनि तोडी सक्यौ, तर पनि हामी यहि देखाउने प्रयास गरि रहेका छौ कि, हामी धर्म सँग सम्बन्धित छौ । धर्म सँग हाम्रो कुनै आन्तरिक नाता रहेको छैन । हाम्रा कुनै पनि प्राणहरुको अन्तर सम्बन्ध धर्म सँग छैन, तर बाहीर बाट यस्तो देखावटी गरि रहेका हुन्छौ कि, यसरि प्रदर्शन जारी राख्छौ कि, हामी धर्म सँग सम्बन्धित छौ, हामी धार्मिक हौ ।
वास्तवमा, यो अझै खतरनाक कुरा हो । यो अधर्मलाई छिपाउने सबै भन्दा सजिलो र अचुक तरिका हो । यो पनि स्पष्ट होस कि, यदि हामी अधार्मिक भएका हौ भने ,शायद, यो अधर्मलाई बदल्न का लागि केहि गर्न सकिएला । तर, हामीले आफैलाई यस्तो धोखा दिई रहेका छौ, एउटा आत्मवञ्चनामा हामी बाचि रहेका छौ, तर देखाई रहेका छौ – हामी धार्मिक हौ ।
यस्तो आत्मवञ्चना हामीलाई हरेक दिन महंगो पर्दै गई रहेको छ । कसै न कसैले यो दुःखद सत्यलाई भनि दिनु नै परेको छ कि, धर्म सँग हाम्रो कुनै पनि सम्बन्ध छैन । हामी धार्मिक पनि होइनौ र हामी यति हिम्मतवाला मानिस पनि होइनौ कि, हामी भनि दिन सकौला–‘ हामी धार्मिक होइनौ ।’ हामी धार्मिक पनि होइनौ र अधार्मिक भएको घोषणा पनि गर्न सक्ने वाला हौं, यति ठुलो साहस हामी भित्र छैन ।
तब त हामी त्रिशंकु झै भएर बीचमा अडकी रहेका छौ । न धर्म सँग हाम्रो कुनै सम्बन्ध छ, न विज्ञानसँग हाम्रोे कुनै सम्बन्ध छ । न अध्यात्म सँग हाम्रो कुनै सम्बन्ध छ, न भौतिकवाद सँग हाम्रो कुनै सम्बन्ध छ । हामी यि सबैका बीचमा झुण्डिएर बसेका छौ । हाम्रो कुनै स्थिति छैन । हामी कहाँ छौ, यो भन्न साच्चै मुश्किल छ । किनकी, हामीले यो कुरा जान्नका लागि स्पष्ट कोशिश गरेनौ, हामी के हौ, कहाँ छौ । हामीले केहि धोखाहरुलाई बारम्बार दोहोर्याई रह्यौ र त्यसलाई दोहोर्याउनका लागि हामीले नयाँ नयाँ उपाय हरुको अविष्कार गरि रहेका छौ । हामीले डिवाइसेज बनाएका छौ र त्यहीउपाय हरुको आधारमा हामी विश्वास दिलाउने गर्छौ कि, हामी धार्मिक हौ ।
एकजना मानिस हरेक दिन बिहान मन्दिर हुँदै घर फर्किन्छ र उसले सोच्दछ कि, म धर्मको द्वार भीत्र पुगेर फर्किएको हु । मन्दिर पुग्नु सँग धर्मको कुनै सम्बन्ध छैन । मन्दिर सम्म पुग्नु बिलकुल एउटा भौतिक घटना हो, शारीरिक घटना हो । धर्म सम्म पुग्नु एउटा आत्मिक घटना हो । मन्दिर सम्म पुग्नु एउटा भौतिक यात्रा मात्र हो । मन्दिर सम्म पुग्दैमा त्यो आध्यात्मिक यात्रा होइन । सत्य त यहि हो कि, जसको आध्यात्मिक यात्रा शुरू हुने गर्दछ, उसलाई सारा पृथ्वी मन्दिर देखिन थाल्दछ । त्यसपछि मन्दिर खोज्नै पर्दैन ।
नानक राम मन्दिर भित्र बसेका थिए । जहाँ उनि रामको मुर्ति तिर खुट्टा फर्काएर सुतेका थिए । पुजारी हरुले आएर भने कि, ‘ यि तिम्रो खुट्टा हटाई हाल त! तिमी पागल है, या नास्तिक हौ, या अधार्मिक के हौ ? पवित्र मन्दिर तिर खुट्टा फर्काएर सुत्ने’ ? नानकले भनेका थिए, ‘ म आफैं ठुलो चिन्ता मा परेको छु कि, के गरौ, यी खुट्टा कता तेर्सियाउने होला ! तिमीले मेरो खुट्टा त्यतै फर्काई देउ जहाँ परमात्मा छैनन्, जहाँ उनको पवित्र मन्दिर छैन । ति पुजारी ग्लानि जस्तो भएर केहि भन्न नसकि उभिई रहे । कुनै बाटो थिएन कि, नानकको खुट्टा कहाँ राखि दिने, कता फर्काई दिने, किनकी, जहाँ पनि थिए, यदि थिए भने परमात्मा थिए। जहाँ, जता सुकै जीवन हुन्छ, जहाँ जीवन त्यहाँ प्रभुको मन्दिर छ ।
यसर्थ, जसलाई धर्मको यात्राको वारेमा अलिकति भए पनि अनुभव हुन थाल्छ, उसलाई सारा जगत मन्दिर देखिन थाल्नेछ । तर, जसलाई त्यो यात्रा सँग कुनै सम्बन्ध छैन, उ दस पाईला हिडेर एउटा मन्दिर रुपि घर सम्म पुग्छ र फर्किएर आउँछ, अनि आफुलाई सोच्दछ कि, धार्मिक भएको छु। हामीले यसरि धार्मिक भएर आफुले आफैलाई धोखा दिई रहेका छौ ।
एकजना मानिस हरेक बिहान बसेर भगवानको नाम लिई रहन्छ। निश्चित रुपमा उसले धेरै हतार हतारमा भगवानको नाम लिई रहनु परेको छ, किनकी, उ अरु धेरै काम मा ब्यस्त छ । भगवानको लागि कसैलाई पनि फुर्सत छैन। धेरै हतारमा, एकदमै जरूरी काम छ । बस, उ नित्य कर्म फटाफट गर्छ, भगवानको नाम लिने काम सक्छ र हिड्छ। अनि, उसले कहिल्यै पानि आफैलाई सोधेन की, जुन भगवान लाई म जान्दिन, ति भगवानको नाम चाहि मलाई कसरि थाहा छ ? म के दोहोर्याई रहेको छु ? म भगवानको नाम दोहोर्याई रहेको छु ?
भगवानको स्मरण हुन सक्दछ, भगवानको नाम स्मरण हुन सक्दैन । किनकी, भगवानको कुनै नाम छैन । भगवान प्रति प्यास हुन सक्दछ, भगवानलाई पाउने तीव्र आकांक्षा हुन सक्दछ, तर, भगवानको नाम स्मरण हुन सक्दैन। किनकी, उनको कोहि पनि नाम छैन । एक जना मानिस बसेर राम–राम दोहो¥याई रहेको छ, अर्काे मानिस जिनेन्द्र, जिनेन्द्र भनि रहेको छ, तेश्रो मानिस नमो बुद्धाय, यस्तै चौथो कोहि अरु कुनै नाम लिई रहेको छ । यी सबै नाम हाम्रोे आफ्नै आविष्कार हुन । यी नामहरु सँग परमात्माको के सम्बन्ध छ ?
परमात्माको कुनै नाम छैन । बिना नामका परमात्मालाई नाम दिएर, हामी त्यो नाम दोहोर्याई रहेका हुन्छौ । जुन नाम सँग हाम्रो र परमात्मा बीच कुनै सम्बन्ध हुदैन । हामी मानिसको सन्सार भीत्र हिडी रहेका छौ । हामी मनुष्यको भाषा भित्र यात्रा गरि रहेका छौ । जहाँ मनुष्यका सम्पूर्ण भाषा बन्द हुनेछ, सारा शब्द बिलिन हुने छन, त्यहाँ हामी कुन कुन नामहरू लिएर जान्छौ ?
सबै नाम मानिस हरुले दिएका हुन । सत्य त यहि हो कि, मानिस खुद आफै पनि बिना नामको जन्मिन्छ । मानिसका यी सारा नाम झूटा हुन, कामचलाऊ हुन, यूटिलिटेरियन हुन, त्यसको सत्य सँग कुनै पनि सम्बन्ध छैन । जति बेला हामी जन्मिन्छौ, पैदा हुन्छौ, त्यो बेला बिना नामका हुन्छौ । यस्तै जब हामी मृत्युमा प्रविष्ट हुनेछौ, तब फेरी बिना नाम कै हुने छौ । बाकी बीचमा, नामको अलिकति सम्बन्ध हामीले पैदा गरेका छौ र त्यो नामलाई हामी मान्छौ कि, यो मेरो हुनु हो । हामीले आफ्ना लागि नाम दिएर एउटा धोखा पैदा गरेका छौ । त्यहाँ सम्म त ठीकै थियो, मानिसलाई क्षमा गर्न सकिन्थ्यो । तर, उसले त भगवानलाई पनि नाम दिए । अनि, नाम लिने एउटा जुक्ती उसले फेला पारेको छ, त्यही भएर त्यो नामलाई उ दस मिनेट दोहोर्याउछ र सोच्दछ कि, मैले परमात्मालाई स्मरण गरे ।
नामसँग परमात्माको कुनै पनि सम्बन्ध छैन । तपाईँ दस मिनट बसेर कुर्सी कुर्सी मात्रै दोहोर्याई रहनु होस, ढोका ढोका भनेर दोहोर्याए पनि, या अरु कुनै नाम लिएर दोहोर्याए पनि, यस्ता शब्दसँग धर्मको कुनै पनि सम्बन्ध छैन । शब्दहरुलाई दोहोर्याउनूसँग धर्मको कुनै सम्बन्ध छैन । धर्मको सम्बन्ध छ निःशब्द सँग, धर्मको सम्बन्ध छ परिपूर्ण भित्र सँग । जब जब विचार शून्य हुनेछ र शान्त र्होने छ, तब धर्मको यात्रा शुरू हुनेछ ।
(ओशोः पुस्तक : एक एक कदम प्रवचन नं. ३ बाट संकलित)
प्रतिक्रिया