सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्छ भन्ने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ । हिन्दू पात्रोअनुसार छठको अर्थ संख्या छौ हो, जुन कात्तिक शुक्ल पक्षको छैटौँ दिन अर्थात् षष्ठी तिथिलाई जनाउँछ । संसारमा प्रायः सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबिलोनका निवासीहरूले सूर्यपूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोका रूपमा पूजाआजा गर्ने गरिन्छ ।
तराईमा बासोबास गर्ने हिन्दूहरूको महान् चाडको रूपमा लिइने छठपर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । छठपर्व पनि मूलतः तराईबासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृतिक पर्व हो । खास गरिकन कात्तिक शुक्लषष्ठीका दिन मनाइने छठपर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेषगरी ठेकुवा, भुस्वा कसार आदि पारिवारिक र आफन्तजन एकै ठाउँमा बसेर खाने गरिन्छ ।
छठपर्वलाई ऐतिहासिक रूपमा अवलोकन गर्दा द्वापरयुगबाट सुरुआत भएको देखिन्छ । त्यसबेला भारत वर्षका मानिसले यस पर्वलाई मनाउँदै आएको थिए । समयको गति सँगसँगै मुलुकको तराई भागमा बसोबास गर्ने प्रायः गरी हिन्दू समुदायले यो पर्वलाई मनाउँदै आएका छन् । बिस्तारै बिस्तारै यो पर्व मुलुकको काठमाडौं उपत्यकालगायत विभिन्न सहरी क्षेत्रमा मनाउँदै आएका छन् । यस पर्वमा खासगरी पोखरी, नदी नाला आदि जलाशयलाई झिलिमिलि पारी सिंगारिन्छ ।
सूर्यको पहिलो प्रकाश शरीरमा परेको खण्डमा रोग व्याधी नाश हुन्छ भन्ने किंवदन्ती रहेको पाइन्छ । यो पर्वलाई गहिरिएर अध्ययन गर्ने हो भने वैज्ञानिक र आध्यत्मिक दुबै पक्षहरूले भरिभराउ भएको पर्व हो । । सूर्य देवतालाई उपासना गर्नका लागि केराको घरी, विभिन्न प्रकारका फलफूल, थरीथरी र जात जातका फूलहरूले बेहुलीभन्दा पनि राम्रोसँग सिंगारिएको हुन्छ । यस पर्वमा माटाका भाँडाकुडाहरूले सजिसजाउ गर्ने चलन रहेको थियो भने आजभोलि तामा तथा पित्तलका भाँडाकुडाहरू राख्ने चलनले गर्दा त्यति राम्रो र स्वाभायमान देखिँदैन ।
हिन्दू धर्मावलम्बीहरूको चाडका रूपमा मात्र चिनिएको यो चाड हिजोआज मुस्लिमलगायत अन्य धर्मावलम्बीहरूले समेत उत्तिकै हर्षोल्लासका साथ मनाउनुले यस चाडको महत्ता र प्रभाव पुष्टि गर्छ । हाम्रो देशको पहाडी, मधेसी, हिन्दू, मुसलमान, धनी, गरिब सबैले मनाउने यस चाडले नेपालीबीच जातीय, क्षेत्रीय सद्भाव र एकता, धार्मिक सहिष्णुतालाई अझ बलियो बनाउन मद्दत पु¥याइरहेको देखिन्छ । आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आफ्ना आमाबुवालाई समेत महत्व दिन छोडिएको वर्तमान समाजमा अस्ताउँदो सूर्यको यस पूजाले समस्त मानव समुदायलाई नैतिक शिक्षासमेत दिइरहेको हुन्छ ।
मुख्यतः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो चाडको पहिलो दिन अस्ताउँदो र दोस्रो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना स्वस्थ शरीरका लागि लाभदायक मानिन्छ । सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्छ भन्ने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ । हिन्दू पात्रोअनुसार छठको अर्थ संख्या छौ हो, जुन कात्तिक शुक्ल पक्षको छैटौँ दिन अर्थात् षष्टी तिथिलाई जनाउँछ । संसारमा प्रायः सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबिलोनका निवासीहरूले सूर्यपूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोका रूपमा पूजाआजा गर्ने गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । कात्तिक शुक्लषष्ठीलाई नै छठपर्व भनिन्छ । यो सूर्यको व्रत बस्ने वा उपसना गर्ने पर्व हो । यस मध्ये छठपर्व पनि एक हो । अस्ताचलमा पुगेका सूर्यको आराधना र उदीयमान सूर्यको पूजाआजा गरिने यो पर्व लक्ष्मीपूजाको छैठौँ दिनमा पर्दछ । यद्यपि पर्वको मुख्य विधि भने कात्तिक महिनाको चन्द्रोदयको चौथो दिन चौथोदेखि नै आरम्भ हुन्छ । चौथीको दिनलाई अरवा भनिन्छ जुन दिन व्रतालु पुरुष वा महिलाको खोला, ताल तलाउ, नदि, पोखरीमा स्नान गरी शुद्ध भोजन गर्नुबाहेक अरू केही काम हुँदैन । चौथीको भोलिपल्ट र षष्ठीको अधिल्लो दिनमा भने छठ पर्वको तयारीको दिनको रूपमा लिइन्छ । यस दिनलाई खर्ना भनिन्छ । उक्त दिनमा दिनभरि उपवास बसेका ब्रतालुको मुख्य काम साँझ पुनः स्नान गरी कुलदेउता रहेको कोठामा नयाँ माटोको चुल्हो प्रयोग गरेर सूर्य पूजा आजाको लागि नैवेद्य, भेटी, विभिन्न किसिमका जात जातका फलफूल, मिठाइ तयार पार्नुपर्छ । नैवेद्यमा विशेषतः पाकेको केरा, शुद्ध घिउमा बनाइएको गहँुको पीठोको रोटी, अरुवा चामलको खिर पर्दछन् । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न गए अनिष्ट हुने र कुष्ठरोगको सिकार हुनुपर्ने धार्मिक विश्वास रहेको छ । पूजा सकिएपछि व्रतालुले यिनै प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने घरका सदस्यहरूलाई पनि खुवाउने चलन छ ।
सयौँ वर्षअघिदेखि यो पर्व खासगरी तराई भागमा बसोबास गर्ने हिन्दूहरूले मान्दै आएका छन् । खासगरी यस व्रतप्रति रुचि राख्ने महिला तथा पुरुषवर्ग, साना–साना बालबालिकाहरू समेतले पनि छठको व्रत बसी पूजाआजा गर्न मन पराउनेको संख्यामा वृद्धि भएको पाइन्छ । यहाँ खासगरी थापाथलीको बागमतीको किनार र पशुपतिनाथको बागमतीको किनारमा व्रत बस्ने ब्रतालुहरूको संख्या बढ्दै गएको देखिन्छ । यस पर्वमा सवै उमेरका महिलाहरू सक्रिय रहने छठपर्वमा कात्तिक शुक्लषष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देवीभागवतअनुसार षष्ठीको व्रत र पूजापाठ गर्ने व्यक्तिलाई मनोकामना पूरा हुन्छ । भनिन्छ यो व्रत बसेमा छठीमाईको व्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्बन्धी, कुष्ठ रोगहरूबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ ।
समग्रमा भन्नुपर्दा यो व्रतमा कडा नियम भएको कारणले गर्दा जसले व्रत बस्न सक्छ त्यो व्यक्तिले मात्र उपवास बस्नुपर्ने हुन्छ । तर आफू उपवास बस्न नसक्ने भए अरूलाई पनि राख्न सकिन्छ । अतः आर्थिक स्थिति कमजोर हुने व्यक्तिले पनि भिक्षा मागेर भए पनि व्रत पूरा गर्न सक्छन् । यो नै व्रतको रोचक तथा घोचक विशेषता रहेको छ । यसरी छठपर्वमा आफू, श्रीमान् र छोराको लामो आयुको कामना गर्दै सूर्य देवलाई पूजा गरिन्छ । यसवाहेक परिवारमा शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना पनि गरिन्छ । छठमा घरका पाका महिलाले चतुर्थीका दिन नुहाईवरी ब्रत बस्छन् । पञ्चमीको राती खरना हुन्छ । छठको पूर्व सन्ध्यामा मनाइने खरनामा सख्खर, दूध र चामलले बनेको खिर तथा पाकेको केरा भगवानलाई चढाई प्रसादको रूपमा व्रतालुहरूलाई बाँडिन्छ । तर खरनाको दिन बिहानैदेखि व्रतालुहरू उपवास बस्छन् । भोलिपल्ट साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा गरिन्छ । त्यो साँझ नजिकको तलाउ, नहर तथा नजिकको जलाशयमा जाने पौराणिक चलन छ । षष्ठीको साँझ जलाशय किनारमा ल्याइएको पूजा सामग्री भोलिपल्ट उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । सप्तमीको बिहान उदाउँदो सूर्यको उपासनापछि पूजा विधिवत रूपमा समाप्त हुन्छ ।
प्रतिक्रिया