सामान्य चेत र चिन्तन बिनाको मानिसलाई पशु भन्न लायक पनि हुन्न । पार्टीमा नरपशुको भीड देखिन्छ । पशुको झैँ कहिल्यै बुद्धि नआउने त होइन नरपशुको तर कहिले आउँछ अहिले नै ठेगान गर्न सकिएन । यस्ता नेता कवि भाषा वा अभिधा, लाक्षणिक व्यञ्जनात्मक प्रतीकात्मक अभिव्यक्ति बारे शून्य रहेका छन् । यस्ताहरुको पार्टीमा रजगज देखिन्छ ।
एमालेमा जनताको बहुदलीय जनबाद (जबज)जस्तो उन्नत सिद्धान्त छ तर व्यवहार भने ठीक विपरीत छ । नेता छन्, नेतृत्व क्षमता कमजोर छ । स्पष्ट रुपमा भन्दा बहुआयामिक सिर्जनात्मक क्षमताको पर्याप्त अभाव छ । संस्कृति र सांस्कृतिक रुपान्तरणजस्तो गुणात्मक रुपान्तरणकारी सोचको पूर्ण अभाव अधिकांशमा देखिन्छ ।
जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्छ तर पार्टीमा नोकरसाही जनवाद व्याप्त छ । एकोहोरो प्रशंसा र आरतीमात्र उतारेको सुन्न चाहने नेतृत्व छ । पार्टी र नेताको माया गरेर सुझाव दिँदा र सकारात्मक आलोचना गर्दा बदला लिने स्वभाव अधिकांश नेतामा पाइन्छ । पार्टी छ, जीवन्तता छैन । मोर्चा संगठनहरु छन् तर ती अधिकांश नाम मात्रका छन् । तिनले गरे पनि नगरे पनि खोजी गर्ने माइबाप कोही छैन । बुद्धिजीवी र स्रष्टा छन् तर ती घँटेसी लाग्ने गरी पगाहा लगाएका प्राणी सरह छन् । जबजले मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भन्छ तर अधिकांश नेतृत्व मन बिझाउने खालको देखिन्छ ।
जननेता मदन भण्डारीले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन चाहनु भएको थियो तर अझै पनि पार्टीमा काँडाघारी विद्यमान छ । करिव १४ वर्ष माधवकुमार नेपाल (माकुने) कालको गैरकम्युनिस्ट चरित्र अझै हावी देखिन्छ । इटहरीमा निवर्तमान उपप्रमुखका चरम आर्थिक अनियमितताका कुरा सतहमा आइरहेका छन् । स्थानीय मनमोहन प्राविमा पालिकाले भवन निर्माण गर्न प्रदान गरेको भारी रकम मध्ये मोटो रकम दवाव र प्रभाव सहित अनेक हतकण्डा प्रयोग गरेर उपप्रमुखले हत्याउन खोजेको हिजै मात्र थाहा भयो । जसरी पनि धन आर्जन गर्न ज्यान फालेर लाग्ने अरु पनि होलान् । बेलैमा खोजी नगरे टपकबहादुर छोरा सहित पार्टीको बदनाम गर्न इटहरी र सुनसरीमा नै तयार देखिन्छन् ।
जबजले अयोग्यमध्ये योग्य होइन योग्यमध्ये योग्यतम नेतृत्व निर्माण गर्ने कुरामा जोड दिएको छ । तर अझै पनि अधिकांश रुपमा अयोग्य कै हालीमुहाली देखिन्छ । जबजले नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्दै देश र जनताको हितलाई सर्वोपरि राखेको छ तर अधिकांश नेतृत्व सरकार,सत्ता,शक्रि र सम्पत्ति आर्जन गर्ने कुरामा मात्र केन्द्रित देखिन्छ । जबजले पार्टीलाई भुई तहदेखि सबल बनाउन खोजेको छ । तर नेतृत्व सतही दृष्टिकोण राख्छ । आलोचना ओखती हो भनिन्छ तर सुझाव दिँदा पनि नेतृत्व बदलाको भावना राख्छ । मदन भण्डारी नातावाद र कृपावाद विरुद्ध अडिग हुनुहुन्थ्यो तर अहिले नेतृत्व अवसरवादीको घेरामा बस्न रुचाउँछ ।
भण्डारी कार्यकर्ता र नेताहरु कविता लेख्न लगाउनु हुन्थ्यो । यसको मतलब उहाँ सिर्जनशील तथा रचनात्मक हुन प्रेरित गर्नु हुन्थ्यो । पार्टीलाई दब्बू होइन बहु्आयामिक सिर्जनशील र दर्बिलो बनाउन प्रयत्न गर्नुृहुन्थ्यो । मदनले साहित्य संगीत कला विहीन साक्षत् पशु पुच्छ विषाणहीन अर्थात् कला चेत नभएको मानिस सिङपुच्छर जस्तो पशु पहिचान नभएको प्राणी हो भन्ने मर्म बोध गर्नु भएको थियो । यसको मतलव साहित्यिक सामान्य चेत र चिन्तन बिनाको मानिसलाई पशु भन्न लायक पनि हुन्न । पार्टीमा नरपशुको भीड देखिन्छ । पशुको झैँ कहिल्यै बुद्धि नआउने त होइन नरपशुको तर कहिले आउँछ अहिले नै ठेगान गर्न सकिएन । यस्ता नेता कवि भाषा वा अभिधा, लाक्षणिक व्यञ्जनात्मक प्रतीकात्मक अभिव्यक्ति बारे शून्य रहेका छन् । यस्ताहरुको पार्टीमा रजगज देखिन्छ । मदन एउटा अगुवा व्यक्तिमा दश विशेषता हुनुपर्छ भन्नु हुन्थ्यो ।
एमालेमा अहिले शून्य विशेषताको चकचकी देखिन्छ । गुरु वा महागुरु आफू मात्र विषय विशेषज्ञ र महान जानकार भएर मात्र हुँदैन त्यसले त एकभन्दा एक प्रतिभाशाली चेला तयार पार्न सक्नुपर्छ । यस खालको सुझबुझ पटक्क देखिन्न । गुरुले चेलाहरुलाई पढ्न लेख्न प्रेरित पो गर्नुपर्छ,। पढ्दैन भने कसरी उसलाई पढ्न प्रेरित गर्नुपर्छ भन्ने काइदा जानेको हुनुपर्छ । त्यतिले पनि भएन भने लौरो लगाएर भए पनि पढ्न बाध्य गराउनु पर्छ । रहरले पढ्ने धेरै कम हुन्छन् । मदनले यस्तै काम गरेको यस लेखकलाई थाहा छ । नपढ्नेलाई पढ्ने पढ्नेलाई जान्ने जान्नेलाई विषयविज्ञ बनाउन सक्ने पो ग्ुरु त । डिस्टिङ्सन उत्तीर्ण विद्यार्थी भर्ना गरेर अनि मैले यसो त्यसो गरेँ भनेर फुटानी गर्नु बेकार छ । स्थायी समितिका कतिपय सदस्यहरु नै जबज अनु्सार सांस्कृतिक रुपान्तरण कसरी गर्नु पर्छ भन्न्ो पटक्क जान्दैनन् ।
अहिले पार्टीले मध्य पहाडी राजमार्ग अभियान गर्ने सोच ल्याएछ यो राम्रो हो तर टाउका मात्र गनेर र तिनको भेला मात्र गरेर पार्टी सबल हुँदैन । पिँध बिनाको लोहोटा जस्तासुकै परिस्थितिमा पनि ठिङ्ङ उभिँदैन । यस्ता अभियानमा गुणात्मक रुपान्तरणकारी विषय प्रवेश मात्र गराए जाती हुन्थ्यो तर आफू पाखुरो मात्र परिएन अनि कौन पुछे खेसरीका दाल । मिसन ०८४ लक्षित अभियानका प्रदेश र जिल्लाका इन्चार्जसित सांस्कृतिक रुपान्तरणसित सम्बन्धित र जबज अनुसार रुपान्तरण के कस्तो हुन्छ गरौँ म सहयोग गर्छु भनेँ तर अहिले सम्म नेता चुपचाप र मौन छन् । डा. पोखरेलले भने अनसार गर्दा र उनीसित हिड्दाबोल्दा पनि हेडक्वाटरले दागा धर्ला भन्ने आशंका व्याप्त रहेको देखिन्छ ।
एमाले नेताहरुमा पठन संस्कृति शून्य छ भन्ने कु्रा उनीहरुका अभिव्यक्तिबाट अवगत हुन्छ । क्षमतावान्ले एकै पटक पाएको मौका भरपूर सदुपयोग गर्छ तर पटकपटक मौका पाउँदा पनि क्षमता देखाउन नसक्ने नेता वा कार्यकर्तालाई अनावश्यक रुपमा काँधमा बोकेर हिड्न हुँदैन । दुई दुई पटक अनुकूल परिस्थिति हुँदाहाँदै निर्वाचनमा हार्ने नेतालाई फेरि निर्वाचनमा उठाउनु मूर्खता हो । यस्ता कुराबाट उपर्युक्त नेता निर्वाचन मनोविज्ञानका दृष्टिले अत्यन्त कमजोर छ भन्न्ो बुझ्नु पर्दैन ? एउटै क्लासमा दुइृ दुई पटक फेल भएपछि त्यसैलाई क्लास चढाउँदा पार्टी सबल बन्छ । मानौँ एमालेमा स्रष्टा,लेखक र बुद्धिजीवीको कुनै काम नै छैन । यिनलाई दुअन्नी र चउन्नी कार्यकर्ता सरह मान्नेको संख्या धेर छ ।
टिकाउ काम गर्ने हो चुरोमा ध्यान दिनुपर्छ । चुरो भएकौले सति साल सय वर्ष लडा,खडा र पडा हुँदा पनि जीवित रहन्छ । तर बोक्रा पनि चाहिन्छ पलाँस पनि आवश्यक हुन्छ । त्रिआयमिक .विशेषता बिना पार्टीलाई व्यापकतम रुपमा विस्तार गर्नै सकिन्न । चर त्यसको मूल चाहिँ चुरो नै हो । होइन बिकाउ पार्टी बनाउने हो भने बोक्रामा मात्र ध्यान दिए हुन्छ । संस्कृति र सांस्कृेतिक रुपान्तण जस्तो विषय पार्टीमा किन ओझेल पारिन्छ । किन सांस्कृतिक गहन चिन्तन गर्ने नेताहरु मणि थापा र खगेन्द्र राईहरु उपयुक्र जिम्मेवारी विहीन हुन्छन् ? अरु पार्टी र नेता जस्तो नभएर तिनका तुलनामा कम भ्रष्टाचारी भएर मात्र हुन्छ अरु पार्टीका नेता कार्यकर्ता जस्तो कम बेइमान भएर काम चल्छ ।
जबज अनुसार सबै क्षेत्रमा श्रेष्ठ हुनु पर्दैन ? यस्ता कुरालाई प्रोत्साहित गर्नु पर्दैन । यसरी हेर्दा एमालेमा नेतृत्वको संकट देखिन्छ । अहिले धमाधम प्रदेश समितिको अधिवेशन हुन लागिरहेको छ तर सरदर हालत माथि भनेझैँ देखिन्छ । कोसी प्रदेश कम्युनिस्ट आन्दोलनको मलिलो जग र जरा हो । रामनाथ दाहाल , रत्नकुमार वान्तवा जस्ता होनहार कर्मठ नेताहरुले उठान गरेको प्रदेश हो । तिनको त्याग र बलिदानबाट आन्दोलन जुरुक्क उठेको क्षेत्र हो । कोसीमा तर यतिका वर्षपछि पनि एउटा पनि प्रभावशाली नेता स्पष्ट रुपमा नदेखिनु भारी अचम्म होइन र ? यस क्षेत्रका को को नेता कति पानीमा छन् । ककस कार्यक्रम गरे हुन्छ । कुन नेताले कोसीको पार्टीलाई कसरी सक्रिय पार्छन् भन्ने संवाद गरे हुन्छ । त्यसै टीका लगाइदिएर हुन्छ र ?
मदनको माला जप्ने तर मदनकै लयमा पार्टी सञ्चालन गर्ने पनि नेता छन् अनिकाल परेको होइन र छैन । त्यसैले केन्द्रीय सदस्य भइसकेको जिल्ला पार्टीको सदस्य भइ जिम्मेरवारी कुशलतापूर्वक पूरा गरेको जबजको मर्म बोध गरेको तीन सको सिद्धान्तमा प्रतिबद्ध यो लेखक कोसी प्रदेश अध्यक्षको दावेदार हो र हुनेछ । आउनु होस् स्वस्थ्य प्रतिस्पर्धा गरौँ । मैले प्रस्तुत गरेका पार्टी सबलीकरणका प्रस्तावहरु हेर्नु होस् । उम्मेद्वार हुने र त्यसमा इच्छा जाहेर गर्नेले जितेपछि गर्ने स्पष्ट खाका र योजना बताउन सक्नुपर्छ । कम्तीमा आफ्नो नेतृत्व मातहत पार्टी र नेतृत्वमा उत्पन्न जस्तासुकै समस्या समाधान गर्ने क्षमता हुनुपर्छ । त्यति हुँदाहुँदै पनि एक्लो वीर बन्न खोज्ने दुस्साहस गर्नु हुन्न ।
लेनिन मौका पाउँदा लेख पढ गर्नु हुन्थ्यो । समयलाई अलिकति पनि खेर नफाल्ने नेताहरुको नाम धेरै हुनसक्छ । माओ पनि हर्दम केही न केही पढिरहने लेखि रहने र सोचिरहने गर्नु हुन्थ्यो र न उहाँले बोलेका हरेक वाक्य शिक्षाप्रद र मर्मस्पर्शी हुन्थे । मदन भूमिगत कालमा जहाँ पनि ससानो पुस्तकालय बनाउनु हुन्थ्यो । अहिलेका धेरै जसो उपल्ला तहका नेताका घरमा चारवटा पुस्तक पाइन्न , पुस्तकालयको त कुरै छाडौँ । तिनले उभ्रिएको समय लेख पढ गरेर सदुपयोग कतै पाइन्न र देखिन्न । मदन भण्डारी फाउण्डेसन केन्द्रका कामहरु सकारात्मक छन् प्रदेश लगायत मातहत समिति नाममा मात्र सीमित छन् । जबजको विद्यालय र महाविद्यालयको यो निरीह अवस्था छ ।
प्रेस बक्तव्य,पर्चा र विरोध वक्तव्य लेख्न नै प्रदेश समितलाई धौधौ परेको कोसीमा नै देखिन्छ । यस प्रदेशमा पार्टीको हालत अत्यन्त कमजोर रह्यो । संस्कृति विभागका लागि दिएका नामहरु त्यसै कागतमा सीमित भए । महत्व नबुझ्दा यस्तो हुँदो रहेछ । जबज अनुसार कोसीमा मात्र होइन कुनै पनि प्रदेशमा सबल नेतृत्व होला भन्ने लागेको छैन । आँ गर्दा अलङ्कार बुझिन्छ ।
अहिलेलाई अयोग्य मध्ये योग्य खोजेर काम चलाउनु पर्ने अवस्था होला । मैले त पार्टी अध्यक्षलाई नै एक भेटमा भनेकै हो । जे जस्तो नेतृत्व आए र ल्याए पनि त्यसलाई बनाउन सकिन्छ । एउटा मानिस प्रहरीको तालिममा पर्दा सखुवाको काठसरह हुन्छ भने सेनाको तालिममा पर्दा फलाम सरह सबल हुन्छ । बनाउने हो तर उमेर धेरै भड्किएको हुनु भएन । ६० वर्षबाट उकालो लागेको सुस्त शिथिल र भुलक्कडलाई मरिगए बनाउन सकिन्न । छ सुते फलामलाई दोवार्न सकिन्न । एकपटक मौका पाएर पनि काम चलेन भने अर्को आउनै पर्छ । तर एक वर्ष भन्दा बढी प्रदेश अध्यक्षमा भरसक दोह¥याउन हुन्न । काम र जिम्मेवारीको अवसर अरू सक्षमले पनि पाउनु पर्छ ।
प्रतिक्रिया