हाम्रो पहिचान नै भिखारीको जस्तो भो

नारायण गाउँले

हामीले सदनमा प्रधानमन्त्रीलाई भन्यौँ, तपाईं भैँसी चढेर आउनुभयो । भैँसी मात्रै ल्याउनुभयो । मानौँ धेरै ल्याउनकै लागि हामी झोला भिरेर गएका थियौँ । तैंले ल्याउन सकिनस्, हुर्रे । आज हाम्रो पहिचान नै भिखारीको जस्तो छ । माग्ने मात्रै । अनि नेता र संसदको चरित्र र व्यक्तित्व पनि त्यस्तै छ । हाम्रो बहस र आलोचना हेर्नुभो भने यो सजिलै बुझिन्छ । संसद्मा भैँसीबारे तुच्छ बहस गरिरहेका हाम्रा शासक, माननीय र भविष्यका शासक हेरेर कुन देशले हामीलाई सम्मान गर्ला । कुनै भ्रमण त यस्तो पनि होस् जहाँ हामीले छाती फुलाएर भन्न सकौँ, हामी ट्रेड चाहान्छौँ ।

१० वर्षअघिको भारत र आजको भारतमा ठूलो अन्तर छ । अन्तर्राष्ट्रिय मञ्चहरूमा हिजो एउटा कुनामा देखिने भारत आज ‘फ्रन्ट’ मा देखिन्छ । हिजो अमेरिकी छायाजस्तो देखिने देश आज तिम्रो समस्या तिम्रै हो, युरोपको समस्या युरोपकै हो, हाम्रो होइन भनेर मुखभरिको जवाफ फर्काउँछ । सस्तोमा रसियन कच्चा तेल किन्छ र प्रशोधन गरी युरोपलाई बेच्छ । यसबीच हिजो आफैँमाथि शासन गर्ने बेलायतलाई उछिन्दै उसको अर्थतन्त्र पाँचौँ ठूलो बन्यो भने प्रतिव्यक्ति आय पनि दोब्बर भयो ।

आज विश्वका मुख्य अर्थतन्त्रमध्ये सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र भारतकै छ । प्रत्यक्ष वैदेशिक लगानीमा समेत चीनलाई उछिनेर ऊ नम्बर एक बन्यो । विश्वका ठूला कम्पनी र उद्योगी भारतको मुख ताक्दै छन् । आज ऊ ब्रिक्समा बसेर जी–७ भनिने ठूला देशलाई चुनौती दिन सक्छ, रसियासँग हतियार किनेर अमेरिकासँग सैन्य सम्झौता गर्न सक्छ । चीन र रसियासँग एउटै फोरममा छलफल सकेर बेलायत र अमेरिकासँग संवादमा जुट्न भ्याउँछ । भारतभित्र आन्तरिक लोकतन्त्र र लोकतन्त्रका पिल्लर मानिने संस्थाहरू इतिहासमै सबैभन्दा कमजोर भएका छन् भनिन्छ तर त्यसमाथि प्रश्न उठाउन कुनै देश तैयार छैनन् ।

ब्रिक्स, बिम्सटेक, क्वाड, शांघाई कोपरेसनजस्ता दर्जनौँ फरक संगठन र फोरममार्फत् उसले सैन्यदेखि आर्थिक सम्बन्धलाई अन्तर्राष्ट्रिय स्तरको बनाएको छ । मोदीलाई आफ्नो देशमा स्वागत गर्न र औपचारिक भारत भ्रमण गर्न आज विश्वका ठूला देशहरू लालायित देखिन्छन् । बेलायत, अस्ट्रेलियाजस्ता धेरै देशले भारतीयकै लागि भनेर आफ्नो देशको अध्यागमन कानुनमा समेत हेरफेर गर्ने अवस्था छ । सक्नु नसक्नु अलग कुरो, तर आज वैश्विक नजरबाट हेर्ने हो भने रसिया र युक्रेन द्वन्द्वमा म मध्यस्थता गर्छु भन्यो भने चीन र अमेरिकाभन्दा भारतमाथि धेरैले विश्वास गर्छन् ।
तर, यो १० वर्षमा हामी झन् पत्रु र अर्थहीन भएका छौँ । वैदेशिक ऋण दोब्बर भएको छ तर राष्ट्रिय आम्दानीलाई सुकेनास रोग लागेको छ । ऋण लिएको एउटा आयोजनाले पनि ब्याज तिर्ने पैसा उठाएको छैन । साँवा तिर्ने के गरी हो ? हामीसँग पुँजीगत खर्चका लागि एक रुपैयाँ पनि बचत छैन । भारतको छिमेकी एउटा प्रान्त उत्तरप्रदेश जत्रो पनि छैन देश तर सात वटा सरकार र गन्नै नसकिने मन्त्री छन् । तिनलाई तलबभत्ता पुग्ने जति राजस्व पनि उठ्दैन । ऋणको ब्याज तिर्न समेत ऋण लिनुपर्ने अवस्था छ । हाम्रो आय भनेको भन्सार हो । त्यो बढ्दा आयात बढ्छ र वैदेशिक मुद्रा सञ्चिति घट्न जान्छ । आयात रोकौँ, भन्सार घट्छ र तलब खान पुग्दैन । यस्तो दुर्दशा छ । विगत पाँच÷६ वटा बजेट हेर्नुभयो भने सजिलै थाहा हुन्छ, विकास खर्च भनिने पुँजीगत खर्चका लागि राजस्वको एक रुपैयाँ पनि उपलब्ध छैन । सबै मागेर र ऋण लिएर गर्ने हो । अनि त्यसैमा करोडौंको भ्रष्टाचार गर्ने हो । सुशासनको इन्डेक्समा त हामी त्यसै पुछारबाट प्रथम छौँ ।

यस्तोमा १० वर्षअघि फलानो नेतालाई भारतले यस्तो स्वागत ग¥यो, अहिले उस्तो ग¥यो भन्नुको कुनै औचित्य छैन । आज भारतबाहेक अर्को देशले औपचारिक भ्रमणमा बोलाउने हैसियत पनि हाम्रो छैन । कुनै बेला बेलायत र अमेरिकाले राजकीय भ्रमणको निम्तो दिन्थे । हिजो ऊर्जा संकटबाट आक्रान्त भारत आज आफँै विद्युत् बेच्ने भएको छ । हामी नदी देखाउँदै ‘लौ आयो बिजुली बिजुली, हेर्नुस् बिजुली बिजुली’ गर्दै बसेका छौँ । केही वर्षमा हाइड्रोजनदेखि आणविक र सौर्यदेखि वायुसम्म ऊर्जाका स्रोतको यसरी विविधीकरण हुँदै छ कि हाम्रो नदीबाट बिजुली निकाल्नु व्यावसायिक दृष्टिले महँगो र अनुत्पादक हुनेछ । त्यसअघि नै पर्यावरणीय विनाशले नदी सुक्ने डर पनि छँदै छ । कुनै पनि देशले अर्को देशलाई मात्रै लाभ हुने गरी द्विपक्षीय सम्बन्ध राखिराख्दैन । महत्व र औचित्यका आधारमा सम्बन्ध बन्ने र तिनले त्यही अनुसार भ्यालु पाउने हुन् । यो युग ‘ट्रेड’को हो । हामी ट्रेड होइन, माग्ने भन्ने मात्रै जान्दछौँ ।

आज हाम्रो पहिचान नै भिखारीको जस्तो छ । माग्ने मात्रै । अनि नेता र संसद्को चरित्र र व्यक्तित्व पनि त्यस्तै छ । हाम्रो बहस र आलोचना हेर्नुभयो भने यो सजिलै बुझिन्छ । संसद्मा भैँसीबारे तुच्छ बहस गरिरहेका हाम्रा शासक, माननीय र भविष्यका शासक हेरेर कुन देशले हामीलाई सम्मान गर्ला । कुनै भ्रमण त यस्तो पनि होस् जहाँ हामीले छाती फुलाएर भन्न सकौँ, हामी ट्रेड चाहन्छौँ । हामी तपाईंलाई चाहिएको दिन्छौँ तर हामीलाई चाहिएको तपाईंले आनाकानी नगरी दिनुपर्छ । ठीक छ, हामी नदीको पानी दिन्छौँ, समथरमा बाँध जटिल हुन्छ, त्यसैले हाम्रै उच्च भूमिमा बाँध पनि दिन्छौँ तर हामीलाई एउटा डेडिकेटेड बन्दरगाह र त्यहाँसम्म पुग्ने करिडोर चाहिन्छ, तेस्रो देशसँगको निर्वाध व्यापार चाहिन्छ । हामी हाम्रो भूमिमा भारतविरोधी गतिविधि नहोस् भन्ने ग्यारेन्टी गर्छौं तर हाम्रो सीमाको सम्मान र सुरक्षाको ग्यारेन्टी पनि हुनुपर्छ । हामी तपाईंबाट किन्छौँ तर हाम्रो तरकारी होस् या अलैँची पनि तपाईंले रोक्न पाउनुहुन्न । द्विपक्षीय ट्रेडका क्षेत्र र आयाम धेरै हुन्छन् जसलाई स्थानीय विज्ञले पहिचान गर्न सक्छन् ।

दुई देशबीच अनेक समस्या हुन्छन् । हरेक भ्रमणमा सबै समस्या उठाउने तर छलफल र समाधान केही नहुने हुनुभन्दा अलि कम विवादित र छिटो निष्कर्षमा पुगिने मुद्दा मात्रै उठाउन पनि सकिन्छ । अरू मुद्दा अर्को बेला उठाउन पनि मिल्छ । अहँ, हामी सबै विज्ञ छौँ । अर्को विज्ञ किन चाहियो ? हामीले सदनमा प्रधानमन्त्रीलाई भन्यौँ, तपाईं भैँसी चढेर आउनुभयो । भैँसी मात्रै ल्याउनुभयो । मानौँ धेरै ल्याउनकै लागि हामी झोला भिरेर गएका थियौँ । तैँले ल्याउन सकिनस्, हुर्रे ।

हाम्रो नागरिकता नीति बनेदेखि अहिलेसम्मका २०औँ वर्षमा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या ठूलो छैन । हामीले दिँदै आएको दोस्रो दर्जाको अंगीकृत नागरिकताका लागि तिनले आफ्नो माइती देशको बंशजको नागरिकता त्याग गर्नुपर्छ । आजभोलि बिहे कति टिक्छ भन्ने भर हुन्न त्यसैले कतिपयले आफ्नो नागरिकता बुझाएर नेपाली नागरिकता लिन आफैँ तैयार हुँदैनन् । राजनीतिबाहेक अरू काम गर्न सकिने परिचयपत्र दिने हो भने तिनको समस्या पनि धेरै हदसम्म कम हुन्छ ।

यो २१औँ शताब्दीमा अत्याधुनिक हातहतियार र सैन्य बलमा कुनै देश कब्जा गर्ने योजना त बन्ला तर योजनापूर्वक छोरी जन्माएर, अर्को देशको केटा खोजेर–फकाएर, छोरीलाई उद्देश्य बुझाएर बिहे गरी पठाउने अनि तिनबाट धेरैभन्दा धेरै सन्तान जन्माएर र ती सन्तान मामाघर आउँदा गुप्त योजना सुनाएर तीमापÞर्mत् उक्त देश कब्जा गर्ने झन्डै शताब्दी लामो योजना पनि बन्छ होला भन्ने पत्याउन सजिलो त छैन तर असम्भव भन्ने केही हुँदैन । आमाबाबुले भनेको ठाउँमा त मान्छेले बिहे गर्न छोडिसके । सरकारले, त्यो पनि पूर्वयोजना अनुसार, भनेको ठाउँमा भनेजस्तै बिहे गर्न तयार करोडौँ युवायुवती पाउनु पनि ठूलो कुरो हो । तलब नखाई सरकारले भन्यो भन्दैमा एक दिन निःशुल्क श्रम गर्न तयार नहुने पुस्ता छ आज । बिना तलब हुर्केर, बिहे गरेर, आफ्नो देश र नागरिकता छोडेर जिन्दगीभर एउटा षड्यन्त्रको पछाडि लाग्ने पुस्ता पाउनु पनि भाग्यकै कुरो हो । योजनामा कति धेरै रिस्क पनि छ । विदेशमा बिहे गर्नुअघि नै उसको छिमेकीसँग लभ प¥यो भने सकियो । विदेशमा बिहे गरेरै पनि उसैसँग माया बस्यो भने पनि कब्जा गर्ने भन्ने भाव सकियो । उता जन्मिने छोराछोरीको नाम र धर्मदेखि नातापाता र शिक्षा उतैको हुने हुनाले २० वर्षपछि तिनलाई जन्मिनुको उद्देश्य बुझाउन सकिएन भने पनि सकियो । एक पुस्तामा कब्जा गर्न सकिएन भने दोस्रो पुस्ता त ‘प्योर नेपाली’ नै हुने भयो, त्यसले झन् के गर्ला ? अहिले बिहे गर्ने तिनको जीवन खेर गयो । यसो विचार गर्दा यो मनको बाघ जस्तो लाग्ने रहेछ । तैपनि धेरैले हो भनेपछि होइन भन्न मिलेन ।

तीन करोड नेपालीको राष्ट्रियता खतराबाट जोगिन्छ भने केही हजार विदेशी युवायुवतीले दुःख पाएर केही हुँदैन । अहिले बिहे गर्न योग्य भएका, हुर्किंदै गरेका या जन्मिँदै गरेका ती महिलाहरूको उद्देश्य नेपाल कब्जा गर्ने भन्ने त नहोला तर देश नै कब्जा गर्ने उद्देश्यले आफ्नो देशको नागरिकता, करियर र जीवन नै त्यागेर नेपालीसँग बिहे गर्न आएका गुरिल्ला हुन् भने तिनलाई सात वर्षपछि नागरिकता दिँदैमा देश जोगिन्न । तिनलाई नागरिकता नै दिनु हुन्न । यत्रो एक शताब्दी लामो षड्यन्त्र र योजनापूर्वक हुर्किने र बिहे गरेर आउनेले पाँच या १० वर्ष कुरेर नागरिकता नलेला भन्ने के छ र ? यसै पनि यो एक दुई वर्षको योजना पक्कै नहोला । एक दुई वर्ष त नेपाली केटा खोज्नै पनि लाग्ला । पाँच वर्षपछि देश सिक्किम बन्छ बन्छ भने पाँच वर्ष जोगाएर के हुन्छ र ? बन्नै दिन हुन्न ।

नेपाली माटो र नागरिकबाहिर जन्मेका त्यस्ता व्यक्तिलाई नागरिकता नदिनु मानवीय र व्यावहारिक दृष्टिले जायज नहोला, तर यो ठूलो अपराध होइन । तीसँग विकल्प छ । बिहे नै नगर्ने, गरेको भए छोड्ने, बिनानागरिकता बस्ने, आफ्नै माइतीमा बस्ने या कुनै तेस्रो देशमा बस्ने । कति धेरै विकल्प छ । हामीले नदिए भयो ।

हाम्रो नागरिकताको समग्र बहस र चिन्तन ती विदेशी बुहारीमाथि केन्द्रित हुनु जरूरी छैन । त्यसलाई बन्दै गरिदिऊँ । ५० वर्षमा पाँच लाखले त्यस्तो नागरिकता लिएका रहेछन् । यो संख्या ठूलो होइन । एक–एक गरी छानबिन गर्न सकिने संख्या हो । गरौँ र आवश्यक परे दिएको नागरिकता पनि खारिज गरौँ । तर, नेपालमा जन्मिएका, हुर्किएका र आमाबाबु नेपालको नागरिक भएका लाखौँ नेपाली युवायुवती हामीले फेरिरहने कानुन र त्यसको अष्पष्टताले गर्दा नागरिकता नपाएको अवस्था छ । बाठाटाठा र पहुँच भएकाले विवरण फेरेर पनि नागरिकता लिइसके । जोसँग केही छैन, तिनलाई कानुनले रोक्छ ।

कति भूमिहीनसँग लालपूर्जा छैन । आमाबाबुले नागरिकता बनाएका छैनन् । कहिल्यै जरूरी नै भएन बनाउने । न जग्गा, न बैंक कारोबार न जागिर । कति आमाबुबा गुमाएका अनाथ बालबालिकाले आश्रमहरूबाट पढेर स्कुल जीवन पूरा गरेका छन् । तीसँग अगाडि पढ्न या जागिर खान नागरिकता छैन । अब देश कब्जा गर्नकै लागि भारतले बच्चा जन्माउँदै नेपालका अनाथालयमा छोड्दै गरेको भन्ने हो भने कुरो अर्कै भयो । पहिलो वाक्य र भाषा पनि यहीँ सिकेर हुर्किएको त्यो बच्चोले देश बेच्छ भन्ने सोच्नु त पाप नै होला । कति महिलाले एकल रूपमा ठूलो संघर्ष गरेर बच्चा हुर्काएका छन् तर तिनको नागरिकता बुबाको नागरिकता नभएकैले बनेको छैन । यस्ता जन्मसिद्ध नागरिकलाई नागरिकता नदिएर, तिनको जीवन नर्क बनाएर, तिनलाई पढ्ने र जागिर खाने अवसर नदिएर र श्रम बेच्न विदेश जानसमेत रोकेर हाम्रो कुन राष्ट्रियता बलियो होला ? अलिकति सोधखोज गर्नुभयो भने थाहा हुन्छ, आँसु पिएर, दरदर ठोकर खाएर बसेका हजारौँ यस्ता नेपाली युवायुवतीबारे तपाईंले आफैँ थाहा पाउन सक्नुहुन्छ । अहिले प्रतिपक्षका नेता केपी ओलीले अध्यादेश जारी गर्दै ६ लाख यस्ता व्यक्तिले नागरिकता नपाएको तथ्यांक दिनुभएको थियो । अहिले त त्यो बढ्यो पनि होला ।

प्रतिक्रिया