तमरा दैलोमा संकट आयाको छ

जयप्रकाश आनन्द

बालेनका बारेमा मैले तीन वटा कुरालाई बढी ध्यानमा राखेको छु । पहिलो, उनी लोकप्रिय र्याप गायक हुन् । युवाहरूका बीच अत्यन्त लोकप्रिय छन् । र उनले गाएका लगभग सबै गीतहरू शासकीय बेथितिको विरूद्धमा गाइएको छ । यो हिजोका प्रगतिवादी गीत वा क्रान्तिकारी गीतको विकल्पको नयाँ पुस्ताले रूचाएको समानान्तर धार यही हो । दोस्रो कुरा, आजका धेरै युवाहरूले राजनीतिलाई फोहोरी खेल भन्ने गरेको जस्तो उनले कहिल्यै भनेनन् । मत प्रणालीको विरोध गरेर उनले नेपालका मण्डले सोचलाई हौस्याएनन् । बरू मतलाई उपयोग गरी बेथितिको शासनमा रूपान्तरण गर्न सकिन्छ भने दृढता उनमा देखियो ।

स्थानीय निर्वाचनमा महानगरपालिका तथा उपमहानगरपालिकामा मूलतः चार जना स्वतन्त्र उम्मेदवारको चर्चा छ । काठमाडौं, जनकपुर, धनगढी र धरानको । जनकपुर र धनगढीका स्वतन्त्र उम्मेदवार रहेकाहरू त्यस स्थानका चर्चित व्यक्तिहरू हुन् । उनीहरू आआपूm संलग्न रहेका दलहरूबाट टिकटको अपेक्षा गरेका थिए, नदिइएपछि ठूलो संगठनात्मक संरचनाको एकहदको सहयोग पाए । यसर्थ, उनीहरू कानुनी रूपबाट मात्र स्वतन्त्र देखिएका हुन् । दलहरूबाट विद्रोही उम्मेदवार भए ।

वास्तविक स्वतन्त्र र दलहरूको विरोधको सामना गरेर उम्मेदवार भएका त बालेन शाह र धरानका हर्क साम्पाङ मात्र हुन् । बालेनलाई मैले तस्बिरमा बाहेक देखेको छैन । हर्कलाई भने धरानको एक चोकमा तीनपांग्रे टेम्पूमा माइक लगाई बोल्दै गरेको देखेसुनेको हुँ । राजधानी काठमाडौं महानगरपालिकामा अन्य सबै उम्मेदवारलाई पछाडि पारेका बालेनको सर्वाधिक चर्चा हुनु स्वभाविक नै हो । यता मधेसतिर पनि बालेन शाहको ठूलो चर्चा छ । केहीले सामाजिक सञ्जालमा मधेसी मूलका भनी लेखिरहेका छन् । यसो लेख्नु ठीक होइन । यो मपाइँको कुरो हो । बालेनले आपूm मधेसी भएको कही भनेका छैनन् । मधेसी भनिएर न्यारेसन अन्यत्र मोडिन्छ भनी पूरै सचेतता अपनाएको देखियो । पूरै प्रचार अभियानका दौरान उनले राष्ट्रिय ध्वजालाई समाइरहे । एमालेका केशव स्थापितले मधेसी नभनिन्जेलसम्म शायदै कसैलाई उनी मधेसी परिवारसँग जोडिएको थाहा पनि थिएन होला । यसर्थ, यस्तो मधेसी पहाडी भनी बालेनको चर्चा गर्नु हुन्न ।

अहिले केहीले बालेनले पाएको मतलाई बिरोधको भोट वा ‘नो भोट’ भनेका छन् । यो त झनै गलत कुरो हो । नेपालको कुल जनसंख्यामा १५÷२५ उमेर समूहको जनसंख्या भाग लगभग ४० प्रतिशत रहेको छ । यस मध्ये मतदाता हुन योग्य उमेर समूहको संख्यालाई आँकलन गर्दा लगभग यति नै भोट बालेनले पाएको देखिन्छ । बालेनलाई मत दिने युवा समूह पढेलेखेको उच्च शिक्षित देखिन्छ । यस्ता युवाहरू हामी सबैको परिवारमा छन् र हामीले आफ्ना यस्ता शिक्षित सन्तानहरूमा गर्व गरिरहेका हुन्छाँै । उनीहरूका नयाँ विचारहरूलाई, विद्रोही चेतलाई बडो ध्यानले सुनिरहेका हुन्छाँै । यिनीहरूले उपयोग गरेको ‘मत’ किमार्थ पनि नकारात्मक भोट होइन । ‘नो भोट’ होइन । जहाँ नो भोटको चलन छ, त्यहाँ नो भोटले परिणाम दिँदैन । उदेक वा अरूहरूको अयोग्यताको सन्देश मात्र दिइरहेको हुन्छ । बालेनले पाएको मत त्यस्तो प्रकृतिको होइन । बालेनका मतदाताहरूले सार्थक रूपमा मतको शक्तिलाई उपयोग गरेको हो ।

बालेन स्वयं तथा उनका प्रचारकहरूले कहीँ पनि धार्मिक कुरो, संघीयताको विरोध, पूर्वराजाको पक्षपोषण, वैदेशिक विवादजस्ता कुराहरू उठाएका छैनन् यसर्थ, बरिष्ठ पत्रकार किशोर नेपालले लगाएको आक्षेप ठीक ठहर्दैन । बालेनका बारेमा मैले तीन वटा कुरालाई बढी ध्यानमा राखेको छु । पहिलो, उनी लोकप्रिय ¥याप गायक हुन् । युवाहरूका बीच अत्यन्त लोकप्रिय छन् । र, उनले गाएका लगभग सबै गीतहरू शासकीय बेथितिको विरूद्धमा गाइएको छ । यो हिजोका प्रगतिवादी गीत वा क्रान्तिकारी गीतको विकल्पको नयाँ पुस्ताले रूचाएको समानान्तर धार यही हो । यसले उनलाई चर्चित बनाएको थियो ।

दोस्रो कुरा, आजका धेरै युवाहरूले राजनीतिलाई फोहरी खेल भन्ने गरेको जस्तो उनले कहिल्यै भनेनन् । मत प्रणालीको विरोध गरेर उनले नेपालका मण्डले सोचलाई हौस्याएनन् । बरू मतलाई उपयोग गरी बेथितिको शासनमा रूपान्तरण गर्न सकिन्छ भने दृढता उनमा देखियो । राजनीतिमा सुधार ल्याउनु छ भने राजनीतिलाई नै माध्यम बनाउन सकिन्छ–यो सोच मैले पाएँ ।

तेस्रो कुरा, उनको प्रवेशलाई संयोग भन्न मिल्दैन । उनले योजनावद्ध रूपमा काम गरेको हुन् । यस निम्ति दुई वटा उद्धरण दिन चाहन्छु । ०७४ सालको निर्वाचनताका उनले लेखेका एक ट्विट पुनः चर्चामा आयो, देखियो । यसमा उनले अर्को निर्वाचनमा स्वयंलाई नै भोट हाल्ने भनेका छन् । यसबाट उनको तयारी तथा सोच बुझिन्छ । अर्को, यौटा अर्को तस्बिर सामाजिक संजालमा देखियो । यस तस्बिरमा बालेन शाह आफ्ना टिमका साथ राष्ट्रपति भवन शीतल निवासमा देखिन्छन् जहाँ उनले राष्ट्रपतिलाई राजधानीको खानेपानी समस्याको समाधानका उपायहरू ब्रिफिङ गरिरहेको देखिन्छ । यस्तै लेखिएको छ तस्बिरको क्याप्सनमा । यी दुई कुराले जनाउँछ कि काठमाडौं महानगरपालिका पहिल्यैदेखि उनको नजरमा रहेको हो । यो उम्मेदवारी फगत संयोग होइन । योजना नै हो ।

यस्तै धरान उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार (यो लेखुन्जेल निर्वाचित भइसकेको) हर्क साम्पाङको उम्मेदवारी संयोग होइन । धरानमा विद्यमान अनेकन बेथितिहरूका विरूद्ध उनको सचेतनाको वा खबरदारी अभियानका कारण हर्क साम्पाङ चर्चित रहेका हुन् । व्यक्तिगत रूपमा उनी एक सुपरिचित क्रान्तिकारी गायक एवं गीतकार पनि हुन् । काठमाडौंका ठूलो प्रेक्षागारहरूमा नाम चलेका अवार्डहरू नपाए पनि उनी हिजोका दिनमा अदृश्य रहेका मानिस होइनन् । उनका गीतहरू धेरैले सुनेका थिएनन् । तर, आज उनको विजयी व्यक्तित्वको खोज पड्ताल गर्ने क्रममा उनका गीतको भावार्थ थाहा हुन्छ । उनी परिवर्तनका पक्षधर लोकपाल देखिन्छन् ।

यस्तो छ उनको गीत, ‘मरेको मान्छे सडेको बस्ती, भ्रष्ट र दुष्टको शासन छ मस्ती । सिनोको टुक्रामा झिँगा रमाउँछन्, गिद्ध र हुँडारको छ लुछाचुडी । देशको माया के लाग्दो रैछ र पार्टीकै भक्ति र भाव ठूलो, हिमाल झरोस् कि सीमा सरोस् बस्ती जलाउँदै बगाउँछन् धुलो । लोकतन्त्र भन्दै दासत्वभित्र, झण्डाले आँखा छोपेर हेर्छन्, सही र गलत थाहा हुन्न केही, जे देख्न लगायो तेही देख्छन् ।’

चुनाव अभियानकै दौरान हर्कले यो गीत लेखेर धराने जनतालाई सुनाए । यस गीतका शब्दहरूले नै वर्तमानको विरूद्ध उनको चेत तथा प्रतिवद्धतालाई जनाउँछ । धरान सुरूदेखि नै प्रगतिवादी गीतहरू गाइने र मन पराइने सहर हो । विसंगतिहरूका विरूद्ध एक्लो संघर्ष, संघर्षका लागि एक्लै जनताका बीच पुग्नु र रोषलाई लयमा अभिव्यक्ति दिनु हर्क साम्पाङले यसरी सत्तालाई पछारेका छन् । यसपटकको स्थानीय निर्वाचनका बालेन र हर्क प्रतिनिधि पात्रहरू हुन् । हर्कले चुनाव जिते, बालेनको अग्रता छ । तर, परिणाम आउन बाँकी छ । तर सन्देश स्पष्ट छ–दैलोमा संकट आएको छ ।

यहाँ अर्को प्रसंग पनि उल्लेखनीय छ । सप्तरीको पुरानो संसदीय क्षेत्र नं. १ मा नेपाली कांग्रेसको उम्मेदवार भई मैले पुनः ०५६ सालको चुनाव जितेको थिएँ । त्यसपछि यस निर्वाचन अघिसम्मको २२ वर्षको अवधिमा रूख चिन्हले चुनाव जित्न सकेन । आज पनि यस क्षेत्रबाट संसद्मा नेकाको प्रतिनिधित्व छैन । दुबै प्रदेशसभा सदस्य पनि नेकाले गुमायो । पछिको पुनर्गठित संसदीय क्षेत्रमा तीन वटा नपा र दुई वटा गापा बन्यो । यसअघिको स्थानीय निर्वाचनमा तीन वटै नपा र एक गापा नेकाले गुमायो ।

यस निर्वाचनमा भने दुई वटा नपा र एक गापा नेकाले फर्कायो । संघीय सांसद जितेको जसपाले कुनै नपाको र गापाको प्रमुख जित्न सकेन । जनमत पार्टीले एक नपा र एमालेले एक गापा जित्यो । एमालेले धेरै गुमाए । समय रहँदै नेकाले मूल्यांकन गर्ने होला कि यसअघि विजयी भएकाहरू सबैका सबै किन पराजित भए । जसपाले सोच्ने होलान् कि संघीय संसद् जितेको उसको पार्टीले किन कुनै पनि स्थानीय निकाय जित्न सकेन । माओवादी र जनमत पार्टीले पनि बस्तुपरक मूल्यांकन गर्ने नै होला कि उनीहरू के विधिबाट साख जोगाउन सके । एमालेले पनि आफ्नो अवस्थाको मिमांशा गर्ने नै होला ।

पछिल्ला सबै अनुभवहरू तथा अवस्थाहरूबाट लिनुपर्ने सिको तथा ज्ञानहरू यसपटकका सबैतिरका विजयी पदाधिकारीहरूले लिने विश्वास गरेको छु । आशा गर्दछु, कमीकमजोरी सच्याए हिँडन सक्ने प्राणधारीकै नाम मनुष्य हो । सप्तरी संसदीय क्षेत्र १ भित्रका सबै विजेताहरूमा शुभकामना छ । राम्रो गर्नुहोला । सबैका प्रति न्याय गर्नुहोला ।

(पूर्वमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन नेता जयप्रकाश आनन्दको फेसबुकबाट)

प्रतिक्रिया