प्रधानन्यायाधीश जबरा पुगे सर्वोच्च अदालत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतमा पुगेका छन् । उनी कोरोना भाइरस संक्रमणमुक्त भएपछि आज सर्वोच्चमा पुगेका हुन् ।

केही दिनअघि प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएपछि उपचारको लागि अस्पताल भर्ना भएका थिए । त्यही समय सर्वोच्चमा भने गोला प्रथाबाट पेशी तोक्न थालिएको छ ।

शुक्रबार उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया