कांग्रेसलाई किनारा लगाएर देसको विकास हुँदैन : साउद

पर्सा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एर्व पूर्वपर्राष्ट्रमन्त्री नारायण प्रकाश साउदले शनिबार नेपाल प्रेस युनियन पर्साद्वारा वीरगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थानीय तहमा नेपाली कांग्रेस सबभन्दा ठूलो पार्टी भएको र प्रभावकारी तरिकाले जनताको पक्षमा काम गरेको बताएका छन ।

सो अवसरमा उनले पाँचवटा प्रदेशमा नेपाली कांग्रेस ठूलो पार्टीको रुपमा रहेको तथा केन्द्रमा पनि सबभन्दा ठूलो पार्टीको हैसियत रहेकोले देशको राजनीतिमा निर्णायक र महत्तवपूर्ण कार्यहरूमा नेपाली कांग्रेसलाई किनारा लगाएर देसको विकास हुन नसक्ने बताएका छन् ।

देसको सबभन्दा पुरानो र सबभन्दा ठुलो पार्टीलाइ देसको राजनीतिमा निर्णायकमा किनारा लगाउनु ठिक नभएको यनले जिकिर गरे । ण्ज्ञघघसधै भरी महत्वपूर्ण कार्यभार बोक्दै आएको पार्टीलाइ दरकिनार गरेर नेपालको राजनीतिक अगाडि बढन सक्दैन,’ उनले भने, ‘हामि नजिकबाट सतारुढ दलको आक्रोश, एक अर्काको प्रतिको भ्रम र विश्वास हेर्दै आइरहका छौ, यो सरकार आफ्नै कारणले जान्छ भन्नेमा बिश्वस्त छु, ।’

उनले भने, ‘वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा पनि छिमेकी देसहरुसँग सन्तुलित राखेको छैन । महत्तवपूर्ण अन्तर्राष्ट्रिय शक्तिहरुसँगको सम्बन्धलाइ बिश्वासको जालमा आगाडी बढाउन सकेको छैन,’ उनले भने, ‘सरकारको अन्तर्राष्ट्रिय रुपमा विश्वसनियता घटदै गएको अवस्था छ ।’

‘नेपाल नेपाली कांग्रेस जहिले पनि देशमा स्वच्छता र पारदर्शताको हिसाबले काम गर्दै आएकोले अहिले गृहमन्त्रीलाई जुन आरोप लागेको छ, त्यसको छानबिन सरकारी समितिबाट नभएर संसदीय समिति बनाएर गराउनु पर्छ,’ उनले भने ।

प्रतिक्रिया