काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवाद) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रमा जननेता मदन भण्डारीको योगदान अतुलनीय रहेको बताएका छन् ।
पार्टीले आज यहाँ आयोजना गरेको ३२औँ मदन–आश्रित स्मृति दिवसमा उनले देशको प्रजातान्त्रिक एवं कम्युनिष्टआन्दोलनमा नेताद्वयको योगदान अतुलनीय रहेको बताए ।
नेता भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रयोग गरी त्यसलाई लोकप्रिय बनाएको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट सिद्धान्तमा जननेता भण्डारी अडिग भएको बताए ।
कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्न जरुरी भएकामा उनले जोड दिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीबराज आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पर्याएको बताए ।
प्रतिक्रिया