विगत ५ महिनाको घटनाक्रमले पुष्टि गरेको छ– ट्रम्प वार्तामार्फत् जो कोहीसँग आफूले चाहेको कुरा लागू गर्न चाहन्छन् । अन्यथा जुनसुकै रूपमा आक्रमण गरेरै भए पनि टेबलमा ल्याउने ट्रम्प कूटनीति लगभग सफल देखिएको छ ।
काठमाडौँ । सन् २०२४ को ५ नोभेम्बर, संसारका नाम चलेका सञ्चार माध्यम र मत सर्वेक्षण गर्ने निकायलाई आश्चर्यमा पादै डोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति पदमा दोस्रो जित हात पारे । त्यसो त ट्रम्पले चुनावी अभियानमा नै धेरैलाई आश्चर्यमा पार्ने केही निर्णय गरेका थिए । कुनै समय तिनै ट्रम्पका आलोचक तथा डेमोक्र्याट पार्टीको राजनीतिमा लामो समय बिताएका तुलसी गब्बार्डदेखि भ्याक्सिनको विरोध गरेर बारम्बार विवादमा आउने गरेका जुनियर रोबर्ट एफ केनेडीको ट्रम्पको चुनावी अभियानमा उपस्थिति साँच्चै आश्चर्यको विषय थियो ।
२० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका ट्रम्पका अहिलेसम्मका हरेक काम हेर्दा उनी संसारमै अस्वाभाविक नेताको रूपमा परिचित हुँदै गएका छन् । त्यसो त निर्वाचन अभियानकै क्रममा डेमोक्र्याट नेतृ कमला ह्यारिसलाई बारम्बार ‘¥याडिकल माक्र्सवादी’ भन्ने गरेका ट्रम्पको सुरुआती दिनदेखिकै कर्मलाई फासिस्ट तथा उग्र दक्षिणपन्थी नेताको रूपमा व्याख्या गर्नेको कमी थिएन । यसलाई पुष्टि गर्ने आधार ट्रम्पले पनि छाडेका थिए । डोग (डिर्पाटमेन्ट अफ गर्भमेन्ट इफिसियन्सी) मार्फत युएसएआइडीलगायतका संस्थामार्फत् विश्वव्यापी रूपमा दिँदै आएको मानवीय सहायता रकम कटौती गरेका ट्रम्पले आप्रवासीप्रति चालेका कठोर कदमका कारण यो आलोचनालाई बल पुगको थियो । खासमा निर्वतमान राष्ट्रपति जो बाइडेनले ट्रम्पलाई कुलिन वर्गको मात्र प्रतिनिधित्व भन्दै लगाएको आरोपलाई ट्रम्प प्रशासनले नै पुष्टि गरिरहेको थियो ।
यसका बाबजुद ट्रम्प वैदेशिक नीतिको सवालमा साँच्चै सफल देखिए । जुन समय ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेका थिए, त्यो समयमा मध्यपूर्व, एसिया र रुस–युक्रेन युद्ध जारी थियो । दक्षिण एसिायमा युद्ध त थिएन, मनमुटाव थियो । यस समयमा ट्रम्पका केही कदम साँच्चै महत्वपूर्ण र आश्चर्यजनक नै भए ।
भारत–पाकिस्तान युद्धविराम
७ मे २०२५ का दिन भारतले ‘अपरेसन सिन्दुर’का नाममा पाकिस्तान नियन्त्रित काश्मिर र पञ्जाब प्रान्तमा मिसाइल आक्रमण गरेको थियो । भारतले ९ स्थानमा आक्रमण गरेको थियो । त्यस आक्रमणले खासै क्षति भएन । यसअघि २२ अप्रिलमा भारत नियन्त्रित काश्मिरको पर्यटकीय क्षेत्र पहलगाममा १ नेपालीसहित २६ पर्यटकको आतंकवादी हमलामा ज्यान गएको थियो । भारतले यसमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको थियो भने पाकिस्तानले अस्वीकार गरेको थियो ।
१० मेका दिन यसको बदलामा पाकिस्तानले पनि भारतमा आक्रमण गरेको थियो । सो आक्रमणको केही समयपछि नै एकाएक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचमा युद्धविराम भएको घोषणा गरिदिए । नाटकीय रूपमा आएको ट्रम्पको घोषणाको लगत्तै भारत र पाकिस्तानका अधिकारीहरूले द्विपक्षीय युद्धविराम भयो । भारतले निकै घुमाउरो पाराले ट्रम्पले युद्धविराम ‘गराइदिएको’ स्वीका¥यो, पाकिस्तानले त मुक्तकण्ठले ट्रम्पको प्रशंसा नै ग¥यो ।
४५ दिन पूरा भइसकेपछि सो युद्धविराम प्रकरणबारे भारत र पाकिस्तानको आ–आफ्नै दावी छ । भारतले यस युद्धविराममा तेस्रो पक्षको भूमिका नभएको बताउँदै आएको छ भने पाकिस्तानले ट्रम्पको भूमिका भन्दै उनको नाम नोबल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने जनाइसकेको छ ।
हमास–इजरायल अल्पकालीन युद्धविराम
७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २०० जनाभन्दा बढीको ज्यान जानुका साथै २५१ जनालाई बन्दी बनाएको थियो । त्यस यता इजरायलले गरेको आक्रमणमा गाजामा गरेको ५५ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
हमास र इजरायल अझै टसमस गर्ने पक्षमा छैनन् । हमास गाजाबाट इजरायली सेना पूर्ण रूपले हट्नुपर्ने माग राखिरहेको छ भने इजरायलले सबैबन्दी रिहाइको माग गरेको छ । यस बीचमा सिरियाको हुथी, हमास र हिजबुल्लाह एकैपटक इजरायलको विरुद्धमा उत्रिए । अमेरिकामा इजरायलले गाजाबासीलाई गरेको ज्यादतीलाई साथ दिएको भन्दै राष्ट्रपति ट्रम्पको पक्षमा अहिले पनि प्रदर्शन भइरहेको छ ।
यस प्रदर्शनका बाबुजुद अमेरिकाको मध्यस्थतामा केही सकारात्मक पहल भएका छन् । अमेरिका, कतार र संयुक्त अरब इमिरेट्सको प्रयासमा १९ जनवरीदेखि १८ मार्चसम्म युद्धविराम भएको थियो । सोही युद्धविरामको समयमा धेरै बन्दी हस्तान्तरण भए ।
त्यहाँ अझै ५० जना बन्दी बाँकी नै छन् । यीमध्ये २७ जना मरिइसकेको अनुमान गरिएको छ । अहिलेसम्म विभिन्न चरणमा २०० जना छुटेका छन् । यसरी छुटेका मध्ये ५० भन्दा बढी मृतअवस्थाका थिए । बदलामा इजरायलले पनि त्यहाँको जेलमा रहेका हजारौँ बन्दी रिहा गरेको छ ।
ट्रम्प राष्ट्रपतिमा निर्वचित हुनुभन्दाअघि इजरायललले हिजबुल्लाहसँग पनि युद्ध गरेको थियो । १ अक्टोबर २०२४ देखि इजरायलले हिजबुल्लाहको विरुद्धमा आक्रमणलाई तेज बनाएको थियो । सो आक्रमणमा परेर हजारौँको ज्यान गएको थियो । हिजबुल्लाह र इजरायलको युद्धविराम भने ट्रम्प निर्वाचित भइसकेपछि पदभार ग्रहण गर्नुभन्दाअघि २० नोभेम्बरका दिन भएको थियो ।
इरान–इजरायल युद्धविराम
१३ जुनका दिन इजरायलले इरानमा आक्रमण सुरु गरेको थियो । ठिक त्यसको १२ दिनपछि एकाएक इरान र इजरायलको बीचमा पनि युद्धविराम भयो । युद्धविरामको २ दिनअघि अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेको थियो । अमेरिकी गुप्तचर निकाय (एफबिआई)ले इरान आणविक हतियार निर्माणको नजिक पुगेको रिपोर्टिङ गरेपछि अमेरिकाले सो आक्रमण गरेको हो ।
निर्देशक गवार्डले त इरानले १ सातामा नै आणविक हतियार बनाउन सक्ने सम्भावना रहेको बताएकी थिइन् । त्यसभन्दा अघि राष्ट्रपति ट्रम्पले इरानलाई आणविक वार्ताका लागि २ साताको समय दिएकोमा उनले राष्ट्रपतिको समेत आलोचना गरेकी थिइन् ।
अमेरिकाले आणविक केन्द्रमा आक्रमण गरेको २ दिनपछि युद्धविराम भएको थियो । त्यसको केही घन्टाअघि इरानले कुबेतको दोहास्थित अमेरिकी सेनाको एयर बेसमा आक्रमण गरेको थियो । यसलाई इरानले अमेरिका आत्तिएर युद्धविरामको प्रयास थालिएको बताइएको थियो ।
इरान र इजरायलको युद्धविराम भएपछि अमेरिका, इरान र इजरायल ३ पक्षले नै आफ्नोे जित भएको दावी गरेका छन् । अमेरिकाले इरानको आणविक संचरना नष्ट भएको बताएको छ भने इरानले अमेरिकी आक्रमणबाट केही पनि क्षति नभएको बताएको छ ।
यस ५ महिनाका बीचमा राष्ट्रपति ट्रम्प हरेक दिन चर्चा र विवादको घेरामा परे । उनका सम्बन्ध पनि अस्थिर रहे । एकै दिन सुमुधर रहेको सम्बन्ध तत्काल फरक बाटोमा गएको धेरै उदाहरण छन् ।
युक्रेनी राष्ट्रपति भोलादिमिर जेलेन्स्की अमेरिका भ्रमणमा जाँदा २ देशका राष्ट्र प्रमुखको बीचमा भनाभन नै भएको थियो । त्यसको केही दिनपछि जेलेन्सकी ट्रम्पका हरेक सर्त मान्न तयार भए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको ट्रम्पको सम्बन्ध पनि अस्थिर रहेको छ । एकआपसमा आरोप–प्रत्यारोप चल्ने र फेरि सम्बन्ध सुमधुर हुने क्रम अझै जारी छ ।
त्यसो त ट्रम्पलाई चुनाव जिताउन अहोरात्र खटिने खर्बपति व्यापारी एलन मस्क पनि ट्रम्पको विरुद्धमा खरो उत्रिए । त्यसको २ दिन पनि नबित्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेका विषयसमेत हटाए ।
आफ्नै लामो समय देखिका सहयात्री देशहरू नै रुष्ट हुने गरी राष्ट्रपति ट्रम्पले धेरै भन्सार करको घोषणा गरे । यसरी घोषणा गरिएका करको दायरा पनि वार्तामार्फत केही दिनमा नै फिर्ता गर्ने क्रम पनि जारी रहेको छ ।
यस ५ महिनाको घटनाक्रमले पुष्टि गरेको छ– ट्रम्प वार्तामार्फत जो कोहीसँग आफूले चाहेको कुरा लागू गर्न चाहन्छन् । अन्यथा जुनसुकै रूपमा आक्रमण गरेरै भए पनि टेबलमा ल्याउने ट्रम्प कूटनीति लगभग सफल देखिएको छ ।
प्रतिक्रिया