रोशी खोलामा बेवारीसे शव फेला

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिका– १ खहरेपाँगु रोशी खोलामा एक बेवारीसे शव फेला परेको छ । शवको पहिचान खुल्न नसकेको स्थानीय लनम लामाले जानकारी दिए ।

बुधबार रोशी खोलाको बिचमा ढुंगामा अडि्कएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरिएको लामाले बताए । पनौती बनेपादेखि बगाएर ल्याएको हुन सक्ने लामाले बताए ।

शव फेला परेको जानकारी प्रहरीलाई आएसँगै जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी खटाएर शव निकाल्ने काम र मुचुल्काको काम भइरहेको डीएसपी मिन घलेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया