शिक्षाविद् राजवंशीले कयौं पटक मन्त्रीको अफर अस्वीकार गरेका थिए

काठमाडौं । शिक्षाविद् एंव पूर्व सभासद स्व.लक्ष्मण राजवंशीको अर्ध वार्षिकी श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको छ । आज परेको अर्ध वार्षिकी दिन पारेर बालाजु बनस्थली स्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । १९९२ सालमा काठमाडौको वटुमा जन्मनुभएका राजवंशीको गत बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । ०७० संविधान सभाको सभासद समेत रहेका स्वं राजवंशी सिद्धार्थ बनस्थली संस्थापक प्राचार्य थिए ।


श्रद्धाजञ्ली सभामा परिवाजन, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, पत्रकार, साहित्यकार लगायतले फुल गुच्छा चढाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गरे । सभालाई सम्वोधन गर्ने बेलामा निकै भावुक बनेका उनका छोरा रुपक राजवंशीले पिताले गरेका कार्यको सम्झना गरे । उनले बाँकी सपना पुरा गर्ने बताए । स्वं लक्ष्मण राजवंशी एक कुशल शिक्षकमात्र नभई साहित्यकार र त्यागी राजनीतिज्ञ थिए । आफ्नो अडानमा कहिले पनि पछि नहट्ने राजवंशीलाई राजादेखि गणतान्त्रिक सरकारसम्म कयौं पटक मन्त्रीको अफर गरेपनि स्वीकार नगरेको सहभागीले बताए ।

प्रतिक्रिया