रामेछापका लागि उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौं । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौंमा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

आज बिहान काठमाडौंबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सुरक्षित रुपमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, ‘रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौं अवतरण गराई प्राविधिक जाँच भइरहेको छ ।’ हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने गरेको बताइएको छ ।– रासस

प्रतिक्रिया