सिरहा । सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामहित यादवलाई स्वतन्त्र विद्यार्थी युनियनले एक प्रेस विज्ञप्ति जारी गरी क्याम्पस परिसरमा प्रवेश निषेध गरेको चेतावनी दिएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार क्याम्पस प्रमुख यादवको कार्यालयमा तालाबन्दी गर्नुका साथै उनलाई क्याम्पस परिसरमा समेत प्रवेश निषेध गरेको प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएका हुन् ।
उक्त प्रेस विज्ञप्तिमा गत वैशाख २७ गतेको उल्लेखित मागहरुका समय अवधी समाप्त भइसकेको हुँदा पनि क्याम्पस प्रमुख रामहित यादवले स्ववियुलाई कुनै पनि वास्ता र मान मर्यादा नराखी ३१ गतेसम्म पनि कुनै पनि किसिमको उक्त मागहरुप्रति चासो नराखेकोले जेठ १ गते देखि क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरी क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेश निषेध गरिएको उल्लेख गरिएको छ ।
यसबाट पठनपाठनमा पर्न जाने असरको सम्पूर्ण जवाफदेही क्याम्पस प्रमुखलगायत क्याम्पस प्रशासन जिम्मेवार हुनुपर्ने समेत स्वतन्त्र विद्यार्थी युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया