काठमाडौँ । दोलखामा मलामी सवार बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान साढे ८ बजे मेलुङ गाउँपालिका वडा नम्बर १ चिम्टे भन्ने ठाउँमा मलामी सवार बागमती प्रदेश ०१ ०२ च ९८१३ नम्बरका गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १४ जनामध्ये एक जनाको अवस्था गम्भीर छ । उनलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । बाँकी घाइतेको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।
स्थानीय टकबहादुर कार्कीको मलामी गएर फर्किरहेका गाउँले दुर्घटनामा परेका हुन्। चालकले ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको बताएका छन् ।
प्रतिक्रिया