विभागले कंगनाको पासपोर्ट नविकरण नगरेपछि…

काठमाडाैं । नायिका कंगना रनावत एकपटक फेरि कंगना समस्यामा परेकी छिन् । यसपटक, उनी पासपोर्ट नविकरण नभएपछि अदालत पुगेकी छिन् । पासपोर्ट विभागले कंगनाको पासपोर्ट नविकरण गर्न नमानेको हो । एक चलचित्रको छायांकनका लागि उनलाई वुडापेष्ट जानुपर्नेछ । कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिदैछ । यसैले, उनले पासपोर्ट नविकरणका लागि अपिल गरेकी थिइन् ।

तर, कंगनाको नाममा बान्द्रा प्रहरी स्टेशनमा एफआइआर दर्ता गरिएको छ । सोही, एफआइआरका कारण पासपोर्ट विभागले उनको पासपोर्ट नविकरण गर्न अस्विकार गरेको हो । जुन १५ देखि कंगनालाई बुडापेष्टको यात्रा गर्नुपर्नेछ । तर, पासपोर्ट नविकरण नभएपछि कंगनाले अदालतमा उजुरी दिदै आफू एक नायिका भएका कारण छायांकनका लागि विभिन्न देशमा जानुपर्ने भएकाले पासपोर्ट नविकरणका लागि अपिल गरेकी हुन् ।

उनले, एफआइआरलाई कारण देखाउँदै पासपोर्ट नविकरणको अधिकारमा संझौता नगर्न पनि उजुरीमा उल्लेख गरेकी छिन् । कंगनाको उजुरीको सुनुवाई जुन १५ तारिखमा हुनेछ । गतबर्षको अक्टुबर १७ तारिखमा कंगनाले विभिन्न धार्मिक समुहविच दुश्मनी बढाउनका लागि सहयोग गरेको भन्दै उनीविरुद्ध एफआइआर दर्ता गरिएको थियो ।

प्रतिक्रिया