खनालले ल्याए खत्रा माया

काठमाडौं । सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवँरको आवाज रहेको लोक दोहोरी गीत ‘यो माया खत्रा’ सार्वजनिक भएको छ । खनालकै शब्द तथा संगीत रहेको प्रेमिल गीतलाई म्युजिक स्टार नेपाल कम्पनीमार्फत सार्वजनिक गरिएको हो । हेमन्त शिशिरको एरेन्ज तथा मिक्सिङ रहेको गीतमा विरेन बिसिको रेकर्डिङ गरेका छन् । सार्वजनिक गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको प्रमुख भूमिका रहेको छ । गीतको भिडियो पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलमा खिचिएको छ । लुम्बिनीको कपिलवस्तु लगायतका स्थानमा छायांकन गरिएको गीतको भिडियो निर्देशक निशान एसके साथै दृश्य सम्पादनमा प्रकाश धमला र क्यामरामा दीपक गिरीले साथ दिएका छन् ।

प्रतिक्रिया