इस्मालीको कथा बजारमा

काठमाडौं । प्रगतिवादी साहित्यकार इस्मालीद्वारा लिखित कथा संग्रह बजारमा आएको छ । सत्र वटा कथा रहेको ‘माछो माछो भ्यागुतो’ संग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।
तीसको दशकको पूर्वाद्धबाट कथा लेख्न थालेका कथाकार इस्माली प्रगतिशील नेपाली कथाको क्षेत्रमा स्थापित नाम हो ।

समाज र राजनीतिका छिद्रभित्र छिरेर कथा टिप्न सिपालु इस्मालीको यो पहिलो प्रकाशित कथा संग्रह हो । यसको दोस्रो संस्करण परिमार्जित र परिवर्तित संस्करणको रुपमा आएको प्रकाशकले जनाएको छ । यस संग्रहमा रहेका केही कथा कक्षा ११ र स्नातक तहका नेपाली र अंग्रेजी विषयका पाठ्यक्रममा समेत समावेश छन् ।

प्रतिक्रिया