ओलीको भाषामा राजामहाराजाहरूको दुर्गन्ध : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजामहाराजाहरूको दुर्गन्ध ह्वास्सै गन्हाएको बताएका छन् । मंगलबार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटन राजतन्त्र पुन:स्थापना गर्ने प्रक्रियाको सुरुवात भएको समेत बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सिफारिसमा राजामहाराजाहरूको दुर्गन्ध भएको उनको भनाइ छ। नेपाली जनता सार्वभौम भएको तर ओलीको सिफारिसमा त्यसको दुर्गन्ध भेटिने उनको भनाइ छ ।

‘तपाईं हेर्नुहोला, कत्तिको याद गर्नु भएको छ, केपीको त्यो सिफारिसमा राजामहाराजाहरूको दुर्गन्ध ह्वास्सै गन्हाएको छ,’ उनले भने । ओलीको कदम राजतन्त्र पुन:स्थापित गर्ने सुरुवात भएको उनले बताए। ‘यो राजतन्त्र पुन:स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ प्रचण्डले भने।

प्रतिक्रिया