सुनिल पौडेलको ‘पासपोर्ट हातमा छ’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सुनिल पौडेलले ‘पासपोर्ट हातमा छ’ बोलको गीत ल्याएका छन् । उनले शब्द रचना गरेको उक्त गीतको भिडियो केही दिनअघि युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गायक युस्कल परियार र गायिका सुनिता बुढा क्षेत्रीको समधुर आवाजले गीत सजिसजाउ रहेको छ ।

लामो समयदेखि वैदेशिक रोजगारको सिलसिलामा जापानमा रहँदै आएका सुनिलले हरेक नेपालीको वैदेशिक यात्रा र भोगाइका विषयवस्तु गीतको शब्दमा समावेश गरेको बताए । युस्कल परियारको संगीत र खड्क बाजुरालीको ध्वनी सम्पादन रहेको उक्त गीतमा एरेन्ज सुनिल परियारले गरेका हुन् ।

त्यसैगरी गीतको म्युजिक भिडियोमा गायक युस्कल परियार र जुना गुरुङले अभिनय गरेका छन् । एसआर फिल्ममा निर्माण भएको सो भिडियोलाई समिर रामदामले निर्देशन गरेका छन् भने उनकै छायांकन र सम्पादन रहेको छ ।

मार्मिक शब्द संगीतमा तयार भएको गीतमा बेरोजगार, आर्थिक अवस्था कारण विदेशिएको दुःख, पीडा तथा घर कुररेर बस्ने परिवारको वियोगान्त कथा शब्दमा कोरिएको रचनाकार सुनिल पौडेलले बताए ।

प्रतिक्रिया