भोजपुरमा एकै परिवारका ४ जनाको सामूहिक हत्या

काठमाडाैँ । भोजपुरमा एकै परिवारका चार जनाको हत्या भएको छ । गए राति भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एकै परिवारका चार जनाको सामूहिक हत्या भएको हो ।

रामप्रसाद राई- २ को धौद्लेखानीस्थित ६२ वर्षीय बेलबहादुर गिरी, उनकी ४५ वर्षी श्रीमती मन्जु गिरी, छोरी र छोराको हत्या भएको हो । प्रहरीका अनुसार ज्वाई राजेन्द्र राईले आफ्नै ससुरालीमा गएर श्रीमती, सालो, सासु र ससुराको हत्या गरेका छन् ।

उनीहरू चारै जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । आरोपित राजेन्द्र राई पनि घाइते अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया