अध्यादेश फिर्तापछि प्रम ओली, प्रचण्ड र देउवाबीच छलफल

काठमाडौं । अध्यादेश फिर्ता लिएपछि बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छलफल भएको छ ।

सरकारले जारी गरेका राजनीतिक दल विभाजनका दुई वटा अध्यादेश खारेज भएपछि तीन शिर्ष नेताबिच छलफल भएको स्रोतले जनाएको छ । विवादित बनेपछि उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै खारेज गरिसकेकी छन् ।

अध्यादेश खारेज भएलगतै ओली र देउवाबिच सुरु भएको छलफलमा अहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी भएका हुन् ।

प्रतिक्रिया