छलफल गर्न प्रधानमन्त्री ओलीले सभापति देउवालाई बोलाए

काठमाडौं । छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् । प्रधानमन्त्री ओलीले देउवालाई आज दिउँसो ३ बजे बालुवाटारमा बोलाएको स्रोतले जनाएको छ ।

सरकारले गरेको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पछि उत्पन्न भएका परिस्थित र कोरोना भाइरसको नियन्त्रणबारे छलफल हुने बुझिएको छ । उक्त अध्यादेश विवाद भएपछि सरकारले शुक्रबार फिर्ता लिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया