सरकारद्वारा दुवै अध्यादेश फिर्ता लिने निर्णय

काठमाडौं । सरकारले जारी गरेको दुवै अध्यादेश फिर्ता लिने निर्णय भएको छ । उक्त अध्यादेशविरुद्ध चौतर्फी विरोध भएपछि राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकमा गरिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया