पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न आदेश

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । उनी सामाजिक सञ्जालमा प्रधानमन्त्री तथा मन्त्रीहरुलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका थिए ।

उपाध्यायलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौंले आदेश दिएको स्रोतले जनाएको छ ।उनिविरुद्ध ३ ठाउँबाट उजुरी परेपछि अदालतबाट पक्राउ पुर्जी लिएर बुधबार पक्राउ गरिएको थियो ।

प्रतिक्रिया