अध्यादेश फिर्ता लिन्छु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जारी गरेको राजनीतिक पार्टी विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेताहरुसँगको भेटमा आफू अध्यादेश फिर्ता लिन सकारात्मक भएको बताएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालसँग बिहीबार प्रधानमन्त्री ओलीको भेट भएको स्रोतले जनाएको छ । गत सोमबार सरकारले जारी गरेका दुई अध्यादेशपछि उत्पन्न भएका परिस्थतिका बारेमा दुई नेताबीच गम्भीर छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया