खगेन्द्र र आभाको बित्ला है जोवन

काठमाडौं । पुर्वेली मौलिक गीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक खगेन्द्र यक्सो (लिम्बु) को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

गायिका आभा मुकारुङको साथमा उनले ‘बित्ला है जोवन’ बोलको भिडियो सार्वजनिक गरेको हो । सुबी राईको शब्द तथा संगीत एवं बलराम समालको एरेञ्ज रहेको यो गीतले पुर्वको लिम्बु समुदायको मौलिक संस्कार र संस्कृतिलाई उजागर गरिएको छ ।

भिडियोको संखुवासभाको संगमस्थल तीनजुरे चौकी मंगलबारे अनी म्याङ्लुङ जिरिखिम्तीमा लाग्ने वर्षदिने रमाइलो ऐतिहासिक मेला खरण्डे मेला (लालिगुराँस नगरपालिका अन्तर्गत वसन्तपुरको रमाइलो एवं सुन्दर चो लुङ पार्कमा छायांकन गरिएको हो ।

भिडियोमा मोडल योगेन राई र आशा चोङ्बांक्याकको अभिनय छ । भिडियोमा उनीहरुका साथमा बुद्धवीर चोङ्बांक्याक, चन्द्र फागोचोङ्बाङ, पत्रकार टिआर सेनेहाङ, लाम्देङमा फिल्मका नायक देवेन्द्र चोङ्बाङ, सीता तुम्बाहाङ्फे, अमृता लिम्बु, बिक्की थापामगर लगायतको अभिनय छ । भिडियोमा शिरकुमार साम्पाङको छायांकन रहेको छ ।

गाउँघरतिर लाग्ने बजार गएको बेलाको रमाइलो क्षणलाई भिडियोमा कैद गरिएको निर्देशक खगेन्द्र याक्सोले बताए । देओकृष्ण देवानले कोरियोग्राफ गरेको भिडियोलाई युमा आर्टस्को युट्युबमार्फत सार्वजनिक गरिएको छ । यो गीतमा रोयल डान्स सेन्टर धरानका नृत्यकारको नृत्य रहेको छ ।

प्रतिक्रिया