परिवारबारे कम्युनिस्ट दृष्टिकोण

समाज, राष्ट्र र विश्व निर्माणमा परिवारको एकदमै महत्व भएको हुँदा हामीले प्रत्येक परिवारलाई अत्यन्तै मजबुद बनाउनु पर्दछ । परिवारका सबै सदस्यलाई उचित खाने व्यवस्था , पढ्ने व्यवस्था , बस्ने व्यवस्था, उचित रोजगारी , औषधी मुलोको व्यवस्था गर्नु पर्दछ । तबमात्र समाज, राष्ट्र र विश्व उज्वल बन्दछ । यो मात्र कम्युनिस्ट व्यवस्थामा सम्भव छ । तसर्थ सबै परिवार कम्युनिस्ट व्यवस्था लेराउन र कम्युनिस्ट व्यवस्थालाई सफल पार्न क्रियाशिल हुनु आजको मुख्य आवश्यकता हो

परिवार भन्नाले हामीले सामाजिक जीवनको प्रारम्भिक इकाइ भन्ने बुझ्नुपर्दछ । समाजमा परिवारको ठूलो महत्व छ । यस लेखमा हामीले परिवारबारे कम्युनिस्ट दृष्टिकोण स्पष्ट पार्न गइरहेको छौँ ।

परिवारले विश्व राजनीतिमा महत्वपूर्ण स्थान राखेको हुन्छ । परिवारको ढाँचा बमोजिम नै विश्व निर्माण भएको हुन्छ । परिवार भित्रका विवाह, व्यक्तिगत सम्पत्ति, प्रेम , यौन, सन्तानको उत्पादन, शिक्षा, नैतिकताजस्ता विषय हामीले परिवारअन्तर्गत गर्न सक्दछौं ।

परिवार मुलतः ः तिन रूपमा हुन्छन् । ति हुन्ः समूह परिवार , युगल परिवार र एकनिस्ट परिवार । समूह परिवार परिवारको प्रारम्भिक रूप हो । समूह परिवार भन्नाले परिवारको धेरै प्राचिन रूप ज्ञान हुन्छ । समूह परिवारको पहिलो रूप संगोत्र परिवार रक्त सम्बन्धमा आधारित हुन्छ । एउटा गोत्रका पुरूषहरू र अर्को गोत्रका नारीहरूका बिच सम्बन्धमा हुनुलाई समूह परिवारको दोस्रो रूप मानिन्छ ।

युगल परिवार भन्नाले सामुहिक विवाहको प्रचलन भएको परिवार भन्ने बुझिन्छ । धेरै पत्नीहरूमध्ये एउटी लोग्ने मान्छेकी मुख्य स्वास्नी हुन्थिन् र तिनको पनि अरू लोग्नेहरू मध्ये एकजना मुख्य लोग्ने हुन्थ्यो । पतिको अधिपत्य भएको एकल परिवालाई एकनिस्ट परिवार भनिन्छ । सबै परिवारलाई सम्बन्धित युगसँग जोड्दै ऐंगेल्स भन्नुहुन्छ – ‘जंगली युगमा समूह परिवार प्रचलित थियो, वर्वर युगमा युगल परिवार प्रचलित थियो भने सभ्य युगमा एकनिस्ट परिवार प्रचलित छ । ”

परिवार कम्युनिस्ट मान्यतालाई अंगिकार गर्ने हुनु पर्दछ । जनवाद, समाजवाद हुँदै साम्यवादमा परिलक्षित हुने सिद्धान्तलाई परिवारले पालन गर्नुपर्ने हुन्छ । एउटा, पतिको एक मात्र पत्नी हुने र एउटा पत्निको एक मात्र पति हुने मान्यतालाई परिवारले अंगिकार गर्नुपर्दछ ।

“पुँजीवादले नारीहरूलाई तुच्छ घेरेलु धन्धामा मात्र कैद गर्यो । पछिल्लो समयमा नारीहरूलाई पुँजीवादले घरेलु धन्धाबाट कारखानामा निकालेर एउटा महत्वपूर्ण प्रगतिशील काम गर्यो, यसबाट नारीले केही हदसम्म शिक्षा र व्यक्तिगत स्वतन्त्रता पनि प्रदान गरयो । परन्तु, अर्कोतिर यसले छाडापना, स्वचछन्दता, व्यभिचारिता र वेश्यावृत्तिको खुला छुट दियो । यसले पितृसत्तावादलाई पनि कायमै राख्यो ।” क. किरण । तर समाजबादी व्यवस्थामा त्यसो हुँदैन । यसबारे क.लेनिन भन्नुहुन्छ–“नारीको वास्तविक मुक्ति, वास्तविक कम्युनिज्म त्यो वेला र त्यहाँ सुरु हुन्छ, जब र जहाँ यो तुच्छ घरेलु कामकाजका विरूद्ध सर्वव्यापी संघर्ष ( राजकीय सत्ताको स्वामी सर्वहारा वर्गको नेतृत्वमा ) अथवा यसो भनौं वृहद परिणामको समाजवादी अर्थ व्यवस्थामा त्यसको सर्वव्यापी रूपान्तरण सुरू हुन्छ ।” परिवारको विषयमा अन्र्तनिहित विवाह, प्रेम, नैतिकताको विषयमा कम्युनिस्ट मान्यताको बारेमा क. किरण भन्नुहुन्छ ।

0 यौन, प्रेम स्वभावैले एकनिस्ट हुन्छ र त्यसैले यौन प्रेममा आधारित विवाह पनि एकनिस्ट हुन्छ ।

0 जहाँ प्रेम छ , त्यहाँ विवाह छ । जहाँ प्रेम छैन ,त्यहाँ सम्बन्ध विच्छेद गर्नु उपयुक्त हुन्छ ।

0 यौन सम्वन्धलाई मात्र प्रकृति प्रदत्त होेइन, त्यसमा संस्कृतिको पनि सम्मिश्रण र सम्बन्ध हुन्छ । त्यसैमा यस प्रश्नमा खुकुलोपना आउन दिनु हुँदैन ।

0 पति–पत्नीबीच पारस्परीक सदभाव, समानता, मैत्रि, विश्वास र प्रेमपूर्ण सम्बन्ध हुनुपर्दछ।

0 बालबच्चाको पालनपोषण तथा हेरचाहको व्यवस्थासहित समग्र परिवारिक जिम्मेवारीप्रति सचेत हुनुपर्दछ ।

0 पारिवारिक हितलाई सामाज र क्रान्तिको हितको मातहतमा राख्न प्रयत्नशिल रहनु पर्दछ ।

समाज, राष्ट्र र विश्व निर्माणमा परिवारको एकदमै महत्व भएको हुँदा हामीले प्रत्येक परिवारलाई अत्यन्तै मजबुद बनाउनु पर्दछ । परिवारका सबै सदस्यलाई उचित खाने व्यवस्था , पढ्ने व्यवस्था , बस्ने व्यवस्था, उचित रोजगारी , औषधी मुलोको व्यवस्था गर्नु पर्दछ । तबमात्र समाज, राष्ट्र र विश्व उज्वल बन्दछ । यो मात्र कम्युनिस्ट व्यवस्थामा सम्भव छ । तसर्थ सबै परिवार कम्युनिस्ट व्यवस्था लेराउन र कम्युनिस्ट व्यवस्थालाई सफल पार्न क्रियाशिल हुनु आजको मुख्य आवश्यकता हो ।

परिवारलाई कम्युनिस्टहरूले अत्यन्तै गंभिर ढंगले सुरक्षित गरेको हुन्छन् । जुन कुरा समाजबाद र साम्यवादमा मात्र सम्भव छ । प्रत्येक परिवार सुखी भए मात्र समाज, देश र पूरै विश्व सुखि हुन सक्दछ । नारी समुदायमाथि जेलिएका पितृसतात्मक साङ्लालाई चुडालेर मात्र सुखी र समृद्धशाली परिवार बन्न सक्दछ । परिवारको हर क्षेत्रमा विकासका लागि कम्युनिस्ट व्यवस्थाको आवश्यकता छ । उन्नत परिवारको समृद्धिको लागि जनबाद, समाजवाद र साम्यवाद हाम्रो लक्ष्य हो, ………. अस्तु

प्रतिक्रिया