रौतहटको पूर्वाधार कार्यालयमा तालाबन्दी

रौतहट । पूर्वाधार विकास कार्यालय रौतहटमा तालाबन्दी गरिएको छ । नेपाली कांग्रेस रौतहटका कार्यकर्ताहरुले कमिसनको भरमा योजना बिक्रि गरिरहेको भन्दै पूर्वाधार कार्यालयमा तालाबन्दी गरेका हुन् ।

पूर्वाधार कार्यालयका प्रमुख इन्जिनियर बिनोद ठाकुर र इन्जिनियर राम बाबु साहले चालु आर्थिक वर्षको योजना संचालनमा १५ प्रतिशत कमिशन लिएर योजनाको चिठी विक्रि गर्ने गरेको नेपाली कांग्रेस मधेश प्रदेश प्रचार प्रसार समिति संयोजक नितेशकुमार गुप्ताले आरोप लगाएका छन्।

मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रि रामसरोज यादवको इशारामा रौतहटमा यस्तो कार्य भई रहेको गुप्ताको दावी छ। तोकिएको ठाउँको योजना अन्य व्यक्तिलाइ दिएर कार्यालय प्रमुख ठाकुरले उपभोक्ता समिति गठन गर्न लगाउने कार्य गर्दै आएकोले अनियमित्ताको बिरुद्ध तालाबन्दी गरिएको गुप्ताको भनाइ रहेको छ ।

गुप्ताका अनुसार उपभोक्ता समितिसंग कार्यालयको लागि ५ प्रतिशत तथा मन्त्रिको लागि १० प्रतिशत कमिशन असुली गर्ने गरेको छ । कार्यालय प्रमुख ठाकुरको मोबाइल बन्द रहेको कारण प्रतिक्रिया लिन सकिएको छैन ।

प्रतिक्रिया