शब्द र सोचमा तागत

कुनै एक साँझ महान् साहित्यकार कोउन्ट लिओ टोल्सटोय गल्लीमा टहलिँदै हिडिरहेका थिए । बाटोमा एक मगन्तेले कापिरहेका हात सार्दै भिख मागिरहेको थियो । मानिसहरूले आफ्नो पकेट छाम्थे र खुद्रा पैसा याने सेन्ट नपाएपछि मगन्तेलाई नदिई आफ्नो बाटो लाग्थे । यो कुरा टोल्सटोयले हेरिरहेका थिए । यस्तो देख्दादेख्दै पनि टोल्सटोय त्यो मगन्तेलाई सहयोग गर्न असक्षम थिए । तर, उनले मगन्तेको फोहरी र काँपिरहेका हात समाउँदै भन्छन्– ‘भाइ माफ गर तिमीलाई दिने मसँग केही पनि छैन ।’ (Forgive me, brother= I have nothing with me to) यतिबेला थाकेको र झुकेको टाउको उठाउँदै मगन्तेले भन्छ–‘ओहो ! तिमीले मलाई ठूलो गिफ्ट दियौ ।’ -Oh, but you have just given me a great gift) मुसुक्क हाँस्दै भन्छ–‘तिमीले मलाई भाइ त भन्यौँ नि ।’ (थ्यग अबििभम mभ दचयतजभच)

शब्दको शक्तिलाई कहिलै पनि अन्डरइस्टिमेट गर्नु हुँदोरहेनछ। यस्तै एउटा चाखलाग्दो कुरा १८९६ मा छत्तीस वर्षीय युवा अमेरिकाको नेब्रास्का राज्यबाट वैकल्पिक प्रतिनिधिका रूपमा डेमोक्रेटिक नेसनल कन्भेन्सनमा भाग लिन गएका थिए । उनले त्यहाँ बोल्ने मौका पाए । उनले त्यहाँ यस्तो दमदार भाषण दिएकि अन्ततः त्यो सम्मेलनले उनलाई प्रेसिडेन्टको उम्मेदवार बनायो । यस्तो होला भन्ने कसैले पनि सोचेका थिएनन् । ती व्यक्ति विलियम जेनिङ ब्रायन थिए जसलाई उनको दमदार शब्दले सडकबाट ह्वइट हाउस पु¥यायो ।

हिन्दू धर्म–संस्कृतिको रक्षा गर्न जति हाम्रा किराँत वंशी आदिबासीको त्याग र बलिदान छ त्यति अरूको छैन भन्दा हुन्छ । यसकारण वैदिक सनातन हिन्दू धर्मको रक्षा गर्ने प्रमुख दायित्व हाम्रा आदिबासीको रहेको छ । साथै हाम्रा बाटो बिराएका तथाकथित उच्च जात हूँ भन्नेहरूले हिजोको सामन्तवादको झुसिलो डकार त्यागेर वैदिक सनातन हिन्दू धर्मको रक्षाका लागि जुटौँ ।

अर्को एउटा घटना सान्दर्भिक छ । म जमलको पेटीमा हिडिरहेको थिएँ । अचानक एउटा मानिस पेटीमा आएर पछारियो । उसलाई पछाडिबाट कुनै अर्को एउटा मोटरसाइकलले उसको मोटरसाइकललाई ठक्कर दिएको रहेछ । अर्को पछिपछि आएको मोटरसाइकल सवारले बीच बाटोमै मोटरसाइकल छोडेर पछारिएको व्यक्तिलाई उठाउन आयो । बाटोमा विवाद भैरहेको थियो । यसैबीच ट्राफिक प्रहरी आइपुग्यो । प्रहरीले दुवैको सवारको विलबुक र लाइसेन्स लियो । आश्चर्य लाग्दो कुरा त के भयो भने प्रहरीले पछारिएको व्यक्तिलाई उठाउन पुगेको मोटरसाइकल सवारको विलबुक र लाइसेन्स पनि माग्यो ।

उसको कसुर के थियो भने बीच बाटोमा मोटरसाइकल छोड्नु । देख्ने मानिसले भन्दै थिए ‘सहयोग गर्ने जमाना पनि सकिएछ ।’ भन्नेले भन्छन् निराश किन ! तर, मानिसको जीवनमा जब भरोसा टुट्न पुग्छ, उसमा निराशा पैदा हुन्छ नै । अब उसले कुनै पनि दुर्घटना देख्दा सहयोग गर्न तयार हुँने छैन ।

हामी हरकोहीमा यस्ता घटना घटित भएको हुन सक्छ । पहिलो दुई कुरा मैले पुस्तकमा पढेका हुन भने पछिल्लो कुरा मेरो अगाडि घटेको घटना हो । कुनै पनि मानिसले मागिरहेएको मगन्तेको अगाडि आफ्नो पकेट छामेर पकेटमा पाँचदश खुद्रा पैसा नपाए पछि नदिई हिड्नु मगन्तेको मनमा उपाहास छर्नु हो भने सहयोग गर्ने मानिसलाई सम्मान दिनुभन्दा पनिसमेन्ट दिनु उसको अहममा चोट पु¥याउनु हो । यस्ता कुरा हामीले कहिलै ख्याल गरेका छौँ? सायद कमै ।

मानिसको जीवनमा हिजो जे थियो त्यो आज नहुन सक्छ, आज जे छ भोलि त्यो नहुन सक्छ । यसकारण कुनै पनि मानिसलाई उपहास गर्नु र सहयोगलाई सम्मान गर्नुभन्दा आत्मासम्मानमा ठेस पु¥याउनु मानवीय धर्म होइन । मानव जीवन एक पाहुना हो । एक दिन आफ्नो “घर“ त रित्तो हात फर्किनु नै छ । धनदौलत र प्रतिष्ठाको गर्व किन ? अनि शब्दको मिठासमा किन कन्जुस्याइँ ,सोचाइमा किन दरिद्रता । राष्ट्र र समाज ध्वस्त बनाउन कुनै पनि युद्धको आवश्यक छैन त्यहाँ विकृति हुलिदिए पुग्छ । र, न्याय र राष्ट्रसेवकलाई भ्रष्ट बनाइदिए पुग्छ । सायद न्युकिलियर्स युद्धले संसारबाट बिदा लिँदै छ र बायोकेमिस्ट्री युद्ध सुरु हुँदैछ । चरित्रहीन समाज र आध्यात्मिक अतिवादी भौतिकवादले यदि उच्च स्थान पाउँदै छ भने मान्नुहोस् अधोगति पनि निश्चित छ ।

बुझ्नै पर्ने कुराहरू
जातिवादका विषयमा केही कुरा स्पस्ट सँग हामी आफैँले बुझे जस्तो मलाई लागिरहेको छैन जस्तो लाग्छ । किनभने थर नै जातिको पहिचान होइन । थरका आधारमा जातिको पहिचान बुझ्न खोज्ने हो भने त्यो गलत हुन जान्छ । जात र वर्ण क्रममा आधारित छ । यसलाई यसरी बुझ्न जरुरी छ । ब्राह्मण जसले आफू ब्राह्मण भएको दाबि गर्ने आधार के ? कुनै ब्राह्मण जन्मँदै काँधमा जनै र ढाडमा कान्दनी लिएर आमाको गर्भबाट जन्मेको थियो ? होइन, ब्राह्मण हुन ब्राह्मणको क्रम गर्नु पर्छ हैन र ? क्षेत्री जसले आफूलाइ क्षेत्री भएको दाम्भ गर्छ के ऊ जन्मदा हातमा खडक र ढाल बोकेर आमाको गर्भबाट पैदा भएको थियो ? यो पनि होइन, क्षेत्री पनि क्रमले हुने हो । दलित जसले आजकल आपूmलाई सोकल दलित भन्न रुचाउँछन् के दलित भनिने मान्छे जन्मँदा हातमा सियो–धागो, घन–भाँड़ी लिएर जन्मेको थियो ? यो पनि निश्चित रूपमा नहोला ।

आदिबासी जसले आफूलाई आदिबासी भन्ने गर्छन् यिनीहरू पनि मान्छेमा विशेष मान्छे भएर जन्मेको जस्तो त लाग्दैन । यिनीहरू नेपालका प्रमुख आदिबासी हुन र यिनको २९ पुस्ताले राज्य गरेर देश र धर्मको रक्षा गरेका किराँत वंशी हुन् । मलाई कहिलेकाही आश्चर्य लाग्छ कि उनीहरूले आफूलाई जनजाति भन्न रुचाउँछन् । जनजाति भन्नु त्यस्तो छुट्टै जात विशेष त होइन, उनीहरू त आर्य किराँत हुन् ।

नेपालका किराँत वंशी ’जितेदास्ती’ राजाले महाभारतको युद्ध बहादुरीका साथ लडेका थिए र चद्रगुप्ता मौर्यकी आमा ‘मुरा’ नेपालकै किराँत वंशी कन्या थिइन् । यो कुरामा हाम्रा आदिबासीहरूले गौरव गर्न सकेनन । हिन्दू धर्म–संस्कृतिको रक्षा गर्न जति हाम्रा किराँत वंशी आदिबासीको त्याग र बलिदान छ त्यति अरूको छैनभन्दा हुन्छ । यसकारण वैदिक सनातन हिन्दू धर्मको रक्षा गर्ने प्रमुख दायित्व हाम्रा आदिबासीको रहेको छ । साथै हाम्रा बाटो बिराएका तथाकथित उच्च जात हूँ भन्नेहरूले हिजोको सामन्तवादको झुसिलो डकार त्यागेर वैदिक सनातन हिन्दू धर्मको रक्षाका लागि जुटौँ ।

प्रतिक्रिया