बार्सिलोना रियलभन्दा बलियो !

लन्डन । बार्सिलोना स्पेनिस फुटबलको सबैभन्दा सफल क्लब हो । बार्सिलोनाले क्लब फुटबलका प्रायः सबै उपाधि चुमिसकेको छ । बार्सिलोनाले २६ पटक स्पेनिस ला–लिगा, ३० कोपा डेल रे, १३ सुपर कप, ५ च्याम्पियन्स लिग, ५ युईएफए सुपर कप र ३ पटक फिफा विश्वकप जितेको छ । अन्य घरेलु कप तथा युरोपियन कपहरूसमेत बार्सिलोनाले हात पारिसकेको छ ।

स्पेन र युरोपमै सफल क्लब बार्सिलोनासँग विश्वस्तरीय खेलाडी अनुबन्धन गर्ने क्षमता छ । त्यसैले पछिल्लो पाँच सिजनयता बार्सिलोनाले खेलाडीका लागि हरेक साता धेरै रकम खर्च गर्दै आइरहेको छ ।
पछिल्लो समय बार्सिलोना ला–लिगाको सबैभन्दा धेरै खर्च गर्ने टिममा पर्छ । जसको कारण बार्सिलोनासँग धेरै विश्व चर्चित खेलाडी छन् । विश्वका महँगा खेलाडीहरू ठूलो रकममा बार्सिलोनासँग आबद्ध छन् ।

बार्सिलोनाले पछिल्ला केही सिजनयता एल क्लासिकोमा रियल मड्रिडलाई पछि पार्दै आइरहेको छ । यो सिजन भने बार्सिलोनाले रियलसँग एल क्लासिकोमा पहिलो लेग गोल रहित बराबरी खेल्यो । बार्सिलोना र रियलबीच भएका एल क्लासिकोमा रियल बर्सिलोनाभन्दा धेरै कमजोर देखिन थालेको छ । एल क्लासिकोअन्तर्गत अघिल्लो सिजन पनि रियल बार्सिलोनासँग दुवै लेगमा कमजोर भएको थियो ।

रियल पनि युरोपा तथा स्पेनको सफल टोली हो । ला–लिगा र च्याम्पियन्स लिगमा सर्वाधिक उपाधि जित्ने क्लब रियल मड्रिड नै हो । रियलले च्याम्पियन्स लिगमा १३ उपाधिमा जित निकालेको छ । जबकी बार्सिलोनाले मात्र ५ उपाधि आफ्नो नाममा बनाउन सफल भएको छ । रियल ला–लिगामा पनि सफल क्लब हो । रियलले ला–लिगामा ३३ उपाधि जितिसकेको छ ।

बार्सिलोनाले भने ला–लिगामा २६ उपाधि उचालेको छ । पछिल्लो समय रियल अन्य क्लबहरूसँगको खेलमा बलियो भए पनि बार्सिलोनासँग भने कमजोर देखिन थालेको छ । बार्सिलोनाले रियलसँग पछिल्लो पाँच खेलमध्य तीन खेलमा जित र दुई खेलमा बराबरी खेलेको छ ।

अघिल्लो सिजन बार्सिलोनाले ला–लिगाको पहिलो लिगमा रियलसँग ५–१ गोलको फराकिलो अन्तरले पराजित हुनुपरेको थियो । त्यसपछि कोपा डेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । कोपा डेल रे कै दोस्रो लिगमा भने बार्सिलोनाले ३–० को जित निकालेको थियो ।

बार्सिलोनाले गत सिजन ला–लिगाको दोस्रो लेगमा रियललाई १–० गोलले हराउन सफल भएको थियो । यो सिजन बार्सिलोनाले रियलसँग ला–लिगाको पहिलो लेगको खेलमा गोलरहित बराबरी खेलेको छ ।

बार्सिलोनाको डिफेन्डरहरूको उत्कृष्ट प्रदर्शन, सबै खेलाडीको प्रदर्शनमा कमी नआउनु, खेलाडीले क्लब परिवर्तन नगर्नु, लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनजस्ता कारणले नै बार्सिलोनाले रियलविरुद्धको खेलमा आफूलाई बलियो बनाउन सफल छ । तर बार्सिलोना पछिल्लो समय अन्य क्लबसँग उत्कृष्ट फममा देखिन सकेको छैन । ला–लिगामा पनि बार्सिलोना र रियलको एक अंक मात्र फरक छ ।

बार्सिलोना च्याम्पियन्स लिगमा पनि बलियो बन्न सकेको छैन । तर, पनि यो सिजन रियल मड्रिडले गरेको प्रदर्शनको आधारमा भन्नु पर्दा बार्सिलोना बलियो देखिन्छ । रियलमा पछिल्लो समय आफ्ना पूर्वस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कमी छ । त्यसैले पनि रियल कमजोर अवस्थामा छ ।

रोनाल्डोको स्थान पूर्ति गर्न हालसम्म रियलले उत्कृष्ट खेलाडी भने अनुबन्ध गर्न सकेको छैन । चेल्सीका पूर्वस्टार खेलाडी इडेन हजार्डलाई क्लबमा अनुबन्ध गरे पनि राम्रो अवस्थामा भने छैन ।

प्रतिक्रिया