वेस्टइण्डिजविरुद्ध नेपालले पहिला बलिङ गर्दै, आजको कप्तान दीपेन्द्रसिंह ऐरी

काठमाडौं । आईसीसीबाट टेस्ट राष्ट्र मान्यता पाएको वेस्टइण्डिज ‘ए’ विरुद्ध टी– २० क्रिकेटअन्तर्गत सिरिजको तेस्रो खेलमा आज नेपालले दीपेन्द्रसिंह ऐरीकाे कप्तानीमा पहिला बलिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्टइण्डिजले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले पहिले बलिङ गर्ने भएको हो ।

पाँच खेलको सिरिज अहिले १–१ को बराबरी अवस्थामा छ । नेपाल पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेल वेस्टइण्डिजले १० रनले जितेको थियो ।

आजको खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्दै छन् । नियमित कप्तन रोहित पौडेल विश्राममा बसेसँगै नेपालको कप्तानी दीपेन्द्रले गरेका हुन् । आजको खेलमा नियमित नेपाली टोलीका रेगुलरर कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको हो ।

नेपालको टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित लोकेश बम, विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

प्रतिक्रिया